अन्तराष्ट्रिय नृत्य प्रतियोगितामा उत्कृष्ट चौधरी दाजुभाईलाई सम्मान गरिने, सँगै सञ्जिवको ‘सुनय’ पनि सार्वजनिक हुने

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७४, बिहीबार

वैशाख १४, काठमाडौं । बाबा एजुकेशन कन्सल्टेन्सी सिडनी, अष्ट्रेलीया र काठमांडु, नेपालको प्रायोजनमा भएको ‘नाईं मलाई थाहा छैन’ अन्तरराष्ट्रिय नृत्य प्रतियोगिताको बुधवार १० वटा उत्कृष्ट भिडियो सार्वजनीक भईसकेको छ । १ जनवरी २०१७ देखि ३१ मार्च २०१७ सम्ममा देश तथा विदेशमा रहेका नेपालीहरुबाट प्राप्त ४० वटा भिडियो मध्ये उत्कृष्ट १० वटा भिडियो बैशाख ६ गते, बुधवार गायक सन्जिब पराजुलीको युट्युब च्यानलबाट सार्वजनीक भएको हो ।

sanjb parajuli & Tika prasain

गायकद्वय सन्जिब पराजुली र टीका प्रसाईंको आवाजमा रहेको ‘नाईं मलाई थाहा छैन’ ओरिजनल भर्सनको गीतमा आयोजित अन्तराष्ट्रिय नृत्य प्रतियोगिताको बिजेता सार्वजनिक गरिएको छ । प्रतियोगितामा समावेश भएका ४० वटा भिडियोहरु मध्ये प्रतियोगी नं २८ का आयुष चौधरी र अभय चौधरी दाजुभाईको नृत्य भिडियो सर्वोत्कृष्ट भएको हो । साथै गाएक सन्जिबले आफ्नो सामाजिक संजाल मार्फत सहयोग पुर्याउनु हुने सम्पूर्णमा धन्यवाद समेत ज्ञापन गरेका छन् ।

यसका साथै यसै प्रतियोगिताका अर्का प्रतिस्पर्धी नागी डान्स सेन्टर इटहरी ‘प्रतियोगी नं १५’ को नृत्य भिडियोलाई, ‘नाईं मलाई थाहा छैन’ ओरिजनल भर्सन गीतको औपचारिक म्युजिक भिडियोद्वारा सम्मान गरिएको कुरा हामीलाई आयोजकले जानकारी गराए ।

daju_bhai. dance compition

बिजेताहरुलाई यहि महिनाको १६ गते काठमाडौको नयाँ बानेश्वरस्थित इन्द्रेणी फूडल्याण्डमा एक कार्यक्रमका विच सम्मान तथा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । सोहि सम्मान तथा पुरस्कार वितरण समारोहमा गायक पराजुलीको आधुनिक गीति संग्रह ‘सुनय’लाई पनि सार्वजनिक गरिने कार्यक्रम रहेको छ । देश तथा विदेशबाट प्राप्त भएका भिडियोहरुको मूल्यांकन ३ जना जजहरु भुपेन्द्र चुडाल (अस्ट्रेलिया), उषा किरण बारीया पोखरेल (अस्ट्रेलिया) र सुरेन्द्र बसेल (काठमाडौँ) ले भिन्ना–भिन्नै स्थानबाट जज गरेको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु