अन्तरा समूह अब हङकङमा

म्यूजिक खबर
प्रकाशित: २१ श्रावण २०७२, बिहीबार

काठमाडौं । नेपालभित्रका विभिन्न जिल्लाहरुमा कन्सर्टहरु गर्दै आएको सांगीतिक समूह अन्तरा अब हङकङमा प्रस्तुत हुने भएको छ । समाज परिवर्तनका लागि अन्तरा भन्ने मूल नाराका साथ ६ जनाको समूहमा रहेको ‘अन्तरा सांगीतिक समूह’ले हङकङमा आयोजना हुन लागेको फियोना साँझमा आफ्नो प्रस्तुति दिने भएको हो ।

ashok rai

आगामी अगष्ट २९ मा हुन लागेको फियोना साँझमा अन्तरा समूहबाट तीन जना कलाकारहरु त्यसतर्फ जाँदैछन् । अन्तरा समूहबाट कलाकारहरु अशोक राई, सञ्जय तुम्रुक र रुपक चौधरी जाँदैछन् भने गायिका भूमिका सुब्बा, नृत्यकार मनकुमार श्रेष्ठ, लक्षु थापा, गायक याम गुरुङ जाँदैछन् । नेपालबाट जाने समूहको नेतृत्व भने राष्ट्रिय जनसांस्कृतिक महासंघको केन्द्रीय अध्यक्ष खगेन्द्र राईले गर्दैछन् ।
कार्यक्रममा अन्तरा समूहबाट १६ वटा गीतहरु प्रस्तुत गर्ने भएको छ । जसमा आधुनिक, राष्ट्रिय, लोक र परिवर्तनशील गीतहरु प्रस्तुत हुने गायक एवं संगीतकार अशोक राईले म्यूजिक खबरलाई बताए । कार्यक्रम सदूरपूर्वी प्रवास नेपाली संघ फियोना हङकङले आयोजना गर्दैछ भने याउ मा त्यै कम्युनिटी हलमा प्रस्तुत हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु