अपांग एकताको अ रियल हिरो

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७१, आईतवार

काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रले राजधानीको राष्ट्रिय नाचघरमा विविध सांकृतिक कार्यक्रम सम्पन्न गरेको छ । सातौं वर्ष गाँठको उपलक्ष्यमा आयोजित कार्यक्रम महिला बालबालिका तथा समाज कल्याण मन्त्रि निलम केसीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको थियो । मन्त्री केसीले केक काटेर तथा सस्थाका आश्रित बच्चाहरुलाइ खादा ओढाएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । संस्थाका अध्यक्ष तिलबहादुर केसीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको नायक सरोज खनाल, चलचित्र कलाकार संघका अध्क्षय नवल खड्का तथा अन्य राष्ट्रिय कलाकार समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
संयुक्त अपाङ्ग एकता आवाज केन्द्रबाट सुरुमा छ जना अपांगता भएका व्यक्तिहरु झमक घिमिरे, रोमा न्यौपाने, निलम ढुंगाना, सिमा केसी सुदर्शन गौतम र टिका बम्जनबाट सम्मानको सुरुवात भएको हो । उक्त कार्यक्रममा डोनरका रुपमा गायिका अन्जु पन्त, गायक सिताराम पोखरेल कलाकारहरुको प्रस्तुति रहेको थियो । त्यस्तै कलाकारहरु धिरज राई, सुरज प्रजापति, कविता शर्मा, शंकर बिसी, सीमा शाह, निशा देशार, सिर्जना बस्नेतलागयतको कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा केन्द्रका आश्रित बालबालिकाहरुको यस साथमा आश्रित एक बर्ष देखि चौध बर्ष सम्मका चालिस जना अनाथ तथा अपाङ्ग बालबालिकाहरुलार्इ दैनिक आवश्यक खाद्यन्न तथा शिक्षा स्वास्थ र सफाइका निमित्त सहयोग पुर्याउनु हुने विभिन्न संघ सस्था, माहनुभाव तथा ब्यक्तित्वहरुलाई मन्त्रि निलम केसी तथा संस्थाका अध्क्षय तिल बहादुर कार्कीको हातबाट सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।  सोही अवसरमा सोसल फ्लाइ (ह्याण्ड टु ह्याण्ड)ले एक लाख एक हजार एक रुपैयाँ सहयोग गरेको थियो ।

roma-anju

अ रियल हिरो नाम दिइएको उक्त कार्यक्रममा बोल्दै मन्त्रि निलम केसीले संस्थाले धेरै राम्रो काम गरेको बताएकी थिइन् । मन्त्री केसीले सस्थाका अधक्ष्य तिल बहादुर कार्की साच्चिकै रियल हिरो भएको बताउँदै समाजमा एक उदारणिय काम गर्नु भएकोमा कार्कीको प्रशंसा गरेकी थिइन् । उक्त अवसरमा कार्यक्रम संचालक सरोज केसीले केन्द्रका अध्क्षय तिल बहादुर कार्कीको जिबनीको बारेमा उपस्थित दर्शकहरुलार्इ जानकारी गराएका थिए ।

कार्यक्रममा एनआरएन एनसीसी आयर ल्याण्डका प्रेसिडेन्ट श्री गणेश प्रसाई, भाइस प्रेसिडेन्ट नवराज कोईरालालाई उक्त कार्यक्रममा बिशेष सम्मान गरिएको थियो, उक्त कार्यक्रममा स्टेजको स्पोन्सर गणेश प्रसाईले गरेर आगामी दिनहरुमा पनि यस्तै सहयोग गर्दै समाज सेवामा लाग्ने प्रतिबद्दता गर्नु भएको कुरा संचारकर्मी केसीले बताएका थिए ।

neelam kc naachghar niru roma-seema roma group social saroj kc nepal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु