अब कामना फिल्म अवार्ड हुने

म्यूजिक खबर
प्रकाशित: १२ माघ २०७०, आईतवार

काठमाडौं, ११ माघ । सिने मासिक पत्रिका कामनाले सिजीसँग मिलेर कामना फिल्म अवार्ड गर्न लागेको छ । २०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रलाई सामेल गरी आगामी वर्षबाट अवार्ड कार्यक्रम आरम्भ गर्ने शुक्रवार पत्रकार सम्मेलन गरी बताइएको हो ।  नेपाली चलचित्र जगत्को गुणात्मक विकास तथा अन्तर्राष्ट्रियरुपमा चलचित्रकर्मीहरुको ख्याति वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको कामना फिल्म अवार्ड्ससँग नेपाली मनोरञ्जन क्षेत्रमा बहुप्रतिष्ठित सिजी इन्टरटेनमेन्टको सहकार्यले अवार्ड अझै स्तरीय हुने उनले बताए । नेपाली चलचित्र उद्योगको गुणात्मक विकास, चलचित्रकर्मीको उचित सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहित गर्दै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न अवार्डको थालनी गर्न लागेको प्रस्ट पारे ।

kamana-music-award
त्यसैगरी सिजी इन्टरटेनमेन्टका अध्यक्ष तथा प्रतिष्ठित उद्योगपति वसन्त चौधरीले कामना फिल्म अवार्ड्ससँग जोडिनु आफ्नो र आफ्नो कम्पनीका लागि गौरवको विषय रहेको बताए । ‘कामनाले तीन दशक पूरा गरेको गौरवमय अवसरमा शुरु गर्न लागेको कामना फिल्म अवार्ड्समा सिजी इन्टरटेनमेन्टको सहभागिता मेरा लागि सुखद समाचार हो । हाम्रो सहकार्यले सम्मानजनक यस थालनीलाई थप मजबुत बनाउने विश्वास मैले लिएको छु,’ उनले भने । अवार्डको निरन्तरताबारे कसैलाई शंका नगर्न अनुरोध गर्दै उद्योगपति चौधरीले निश्पक्षता, पारदर्शीता र उत्कृष्टताले नै यो अवार्ड नेपाली चलचित्र क्षेत्रको महाउत्सव हुने बताए ।
अवार्डबारे जानकारी दिन शुक्रबार राजधानीको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष पुष्करलाल श्रेष्ठ र सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले अवार्ड प्रायोजन गर्ने बारेको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भिडियो प्रस्तुतिमार्पmत पत्रकारहरुलाई नौलो किसिमबाट अवार्डको जानकारी दिइएको सो पत्रकार सम्मेलनमा चर्चित कलाकार एवम् कोरियोग्राफर शंकर बिसी र उनका साथीहरुको नृत्य टोलीले नेपाली चलचित्रको इतिहासदेखि वर्तमानसम्मको झल्को दिने आकर्षक नृत्यसमेत प्रस्तुत गरेको थियो । त्यसअघि अध्यक्षद्धयले कामना फिल्म अवार्ड्स कार्यक्रमको लोगो अनावरण गरेका थिए ।
सुन्दर अभिनेत्री करिश्मा मानन्धरद्वारा सञ्चालित कार्यक्रममा पब्लिकेसन्स्का प्रबन्ध सम्पादक तथा प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले अवार्ड कार्यक्रमले पुरानो र नयाँ पुस्ताबीचको खाडल पुर्ने विश्वास व्यक्त गरे । कामनाका सम्पादक विदुर गिरीले कामना फिल्म अवार्ड्सलाई अवार्ड विजेताहरु मात्र नभई अवार्डबाट वञ्चित हुनेहरुसमेत खुशी रहने गरी अवार्ड सञ्चालन गरिने बताए । सम्पादक गिरीले कामना फिल्म अवाडर््स चलचित्रकर्मीकै अवार्ड भएकाले सरोकारवाला पक्ष तथा संघ–संस्थासँगको सल्लाह सुझावबाटै अघि बढिरहेको पनि उल्लेख गरे । कामना फिल्म अवार्ड्सलाई प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड,  प्राविधिक अवार्ड र अप्रतिस्पर्धीरुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ ।

कामना फिल्म अवार्डका विधाहरु

मुख्य अवार्डहरु

१. सर्वोत्कृष्ट चलचित्र
२. सर्वोत्कृष्ट निर्देशक
३. सर्वोत्कृष्ट अभिनेता
४. सर्वोत्कृष्ट अभिनेत्री
५. सर्वोत्कृष्ट खलपात्र
६. सर्वोत्कृष्ट हास्य कलाकार
७. सर्वोत्कृष्ट सह–अभिनेता
८. सर्वोत्कृष्ट सह–अभिनेत्री
९. सर्वोत्कृष्ट संगीतकार
१०. सर्वोत्कृष्ट गीतकार
११. सर्वोत्कृष्ट पाश्र्व गायक
१२. सर्वोत्कृष्ट पाश्र्व गायिका
१३. सर्वोत्कृष्ट नवनिर्देशक
१४. सर्वोत्कृष्ट नवअभिनेता
१५. सर्वोत्कृष्ट नवअभिनेत्री
१६. सर्वोत्कृष्ट बालकलाकार

प्राविधिक अवार्ड

१. सर्वोत्कृष्ट कथा
२. सर्वोत्कृष्ट पटकथा
३. सर्वोत्कृष्ट संवाद
४. सर्वोत्कृष्ट छायांकन
५. सर्वोत्कृष्ट सम्पादन
६. सर्वोत्कृष्ट नृत्य निर्देशन
७. सर्वोत्कृष्ट ध्वनि मिश्रण
८. सर्वोत्कृष्ट पाश्र्व संगीत
९. सर्वोत्कृष्ट द्धन्द्ध निर्देशन
१०. सर्वोत्कृष्ट शृङ्गार

सम्मान समर्पण

१. एक लाख रुपियाँ नगदसहित लाइफ टाइम अचिभमेन्ट सम्मान

क्रिटिक्स अवार्ड

१. सिजी संगीत क्रिटिक्स अवार्ड
२. सिजी फेशन क्रिटिक्स अवार्ड
३. सिजी नाटक क्रिटिक्स अवार्ड

जुरी अवार्ड

१. जुरी अवार्ड (फिल्म वा कलाकार÷प्राविधिक)

sankar-bc-dance

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु