अब भने मिस्टर भर्जिन चलचित्र बन्ने

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७४, बिहीबार

२८ मंसिर, काठमाडौं । भर्जिन भन्ने वित्तिकै विभिन्न उत्तरहरु मनमा आउन सक्छन् तर अब भने चलचित्र ‘मिस्टर भर्जिन’ बन्ने भएको छ । हिजो बुधवार काठमाडौंमा आयोजित एक समारोहमा चलचित्र ‘मिस्टर भर्जिन’ निर्माण गरिने घोषणा गरिएको हो ।
चलचित्रमा गौरव पहारी र मरिष्का पोखरेल मुख्य भूमिकामा रहने छन् । वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रालीले ‘मिस्टर भर्जिन’को औपचारिक निर्माण घोषणा गरेको हो ।


विशारद बस्नेतको निर्देशनमा बन्ने यो चलचित्रमा तीन युवाको यौन मनोविज्ञानको कथालाई समावेश गरिनेछ ।
चलचित्रमा गौरव र मरिष्कासहित भोलाराज सापकोटा, कमलमणी नेपाल, विजय बराल, रविन्द्र झा, सागर ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहनेछ ।

कार्यक्रममा बोल्दै अभिनेता गौरव पहारीले फिल्मको नाम ‘मिस्टर भर्जिन’ भएपछि सबै परिवार सँगै बसेर हेर्न मिल्ने फिल्म रहेको बताए । अभिनेत्री पोखरेलले फिल्मको कथाबाट आफू प्रभावित भएको बताइन् ।
यो चलचित्र बैशाख अन्तिममा प्रदर्शन हुने बताइएको छ ।

ठमेल लगायतका ठाउँमा छायांकन गरिने यो चलचित्रमाका निर्माता खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशादर बस्नेत हुन् भने सन्दिप उप्रेती र मनिष खत्री सह–निर्माताको रुपमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु