अब मिसेसको पालो

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७३, बिहीबार

एएनपी मिडिया हाउसले गृहिणीदेखि विभिन्न पेशामा छरिएर रहेका बिबाहित महिलाहरुलाई लिएर सौन्दर्य प्रतियोगीता ‘मिसेस नेपाल आइकन– २०१६’ आयोजना गर्ने भएको छ । आगामी १८ गते राजधानीमा आयोजना गर्न लागेको उक्त सौन्दर्य प्रतियोगिता अन्र्तगत आयोजक टिमले मिसेस ट्यालेन्टका लागि ट्यालेन्ट राउण्ड आयोजना गरेको छ । ट्यालेन्ट शोअन्र्तगत प्रतियोगितामा सामेल प्रतियोगिहरुले नृत्य, गायन, संगीत, चित्रकला, वत्तृत्वकला, अभिनय, खेललगायतका विभिन्न प्रतिभा प्रदर्शन गरी आफुमा निहीत विशेष प्रतिभा प्रदर्शन गरेका थिए । ट्यालेन्ट शोमा उनीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा आगामी १९ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने अन्तिम प्रतिस्पर्धामा मिसेस ट्यालेन्ट घोषणा गरिने आयोजक संस्थाका प्रवन्ध निर्देशक लब बहादुर कार्कीले जानकारी गराए ।

22

प्रतियोगिताबाट मिसेस नेपाल आईकनका साथमा फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनर्सअप तथा वेष्ट पर्सनालिटी, मिस क्याटवक, वेष्ट आर्टवर्क, वेष्ट स्माइल, वेष्ट हेयर, वेष्ट स्कीन, मिसेस ट्यालेन्ट, मष्ट फ्रेण्डली, मिसेस कन्जिनियालीटी, व्युटी विथ पर्पस, मिसेस फोटोजेनिक, मिसेस मेनेजमेन्ट च्वाईस, भिवर्स च्वाईस, फेसबुक च्वाईस, मष्ट पपुलरलगायतका उप उपाधि प्रदान गरिने आयोजकले जनाएका छन् ।

18

मिसेस ट्यालेन्टका लागि रेजिना उप्रेती, सुमन दाहाल, सरोज प्याकुरेल, शान्ता लामा, सुमित जंग राणा निर्णायक रहेका थिए । कोरियोग्राफर आश्वीनी झाको कोरियोग्राफीमा हुने तेस्रो संस्करणमा राजधानीका विभिन्न स्थानमा बसेर विभिन्न पेशामा संलग्न रहँदै आएका सनिता पराजुली, सविना थपलीया, सञ्जु केसी, सरस्वती सहनी, रस्मीता गुरुङ्ग, मनासरु राई, निलम शाही थापा, मुना पौड्याल, सुस्मीता सेरचन, मनु सहु, सृजना गौतम, डोल कुमारी श्रेष्ठ केसी, ममता कार्की, कविता राई (नेम्बाहाङ्ग), अनु श्रेष्ठ, निरु लामा, कमला लामा, ज्ञानु छन्थ्याल बूढा, संगीता रौनियार, कल्पना श्रेष्ठ, प्रतिमा पौड्याल, पूनम थापा, जानकी प्रजापती, अम्वीका मल्ल, बविता तिमल्सिना, रेनु बस्नेत, मनिता खड्गी, सविया स्वाँर अमात्य, पूनम प्रधान, जीस्वान तुलाधर, लक्ष्मी अर्याल, तृष्णा प्रधान, अनु शर्मा, विपना बस्नेत, निर्मला चौधरी, रेनुका बज्रचार्य, ममता पाठक र सन्ध्या थापा गरी कुल ३८ बिबाहित महिलाले स्पर्धा गर्दैछन् ।

6

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु