अब विश्वासमा सुदिप

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७०, शुक्रबार

काठमाडौं, २ फागुन । गायक सुदीप शाही ठकुरी श्रोतामाझ विश्वास लिएर आउने भएका छन् । यसअघि तीन एल्लम श्रोतालाई दिइसकेका ठकुरीले चौथो एल्बमका रुपमा ‘विश्वास’ ल्याउन लागेका हुन् । यस एल्बमबाट दर्शक÷श्रोताको माया र हौसला पाउने विश्वाससमेत उनले लिएका छन् । ‘विश्वास एल्बमको म्युजिक भिडियो रिलिजको पूर्वसन्ध्यामा भेटिएका गायक ठकुरीले भने, ‘यस एल्बमबाट श्रोता एवं दर्शकबाट माया र हौसलाको अपेक्षा गरेको छु ।’
गायक ठकुरीले ‘विश्वास’ एल्बमको ‘धेरैपछि म आको’ बोलको म्युजिक भिडियो आइतबार विभिन्न टेलिभिजनबाट रिजिल गर्दैछन् । उनले अर्को साता एल्बम नै रिलिज गर्ने बताए । ‘म्युजिक भिडियो रिलिज गरेर मात्र एल्बम रिलिज गर्ने सोच आयो’ उनले भने, ‘गीत मिडियामा छाडेर एल्बम रिलिज गर्नु उचित लाग्यो ।’ ‘धरैपछि म आको’ गीतको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । नरेश बिरसिंहले कोरियोग्राफी गरेको सो भिडियोमा अभिनेत्री तथा मोडल दीपशिखा शाही र नरेशले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई विदुर पाण्डेले खिचेका हुन् । गीत अनुसार म्युजिक भिडियो स्तरिय बनेकाले दर्शक तथा श्रोताले मनपराउन सक्ने शाहीको विश्वास छ ।
गायक ठकुरीले यसअघि ‘लोभै लागेछ’, सर्माउँदा’ र ‘सक्षम’ एल्बम श्रोतालाई दिइसकेका छन् । पहिलो एल्बम ‘लोभै लागेछ’ को शीर्ष गीतबाट गायकको पहिचान बनाएका ठकुरीले त्यसपछि केही समय सांगीतिक क्षेत्रबाट ‘ब्रेक’ लिएका थिए । आफ्नो व्यवसायिकका कारण विदेश जानु परेकाले ‘ब्रेक’ गर्नुपरेको शाहीको भनाइ छ । तर उनी चार वर्षयता भने निरन्तर संगीत क्षेत्रमै छन् । त्यसयता बिचमै उनले ‘सर्माउँदा’ र ‘सक्षम’ ल्याएका हुन् ।
एल्बम ‘सक्षम’ को ‘तिमी आँखा म नानी’ बोलको गीत निकै लोकप्रिय भएको थियो । जुन गीतबाट उनी हिट्स एफएम अवार्डमा उत्कृष्ट गायकमा नोमिनेसनमा समेत परेका थिए । ‘विश्वास’ एल्बमपछि गायनलाई नै निरन्तरता दिने शाहीले बताए । ‘यसपटक अझ धरै मिहिनेत गरेको छु’ पछिल्लो समय आफ्नो स्वर निखार्न संगीता रानासँग स्पेशल भोकल ट्रेनिङ लिएका शाहीले भने, ‘चौथो एल्बमसम्म पुग्दा संगीतमा अभ्यास जरुरी रहेछ भन्ने बुझेँ ।’ एल्बम ‘विश्वास’ मा धेरैपछि, फूलले काँडासरी, गोरेटो फरक ररहेछ, मेरी मायालगायत आफ्ना अघिल्ला एल्बमका केही गीत पनि बोनसका रुपमा रहने शाहले बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु