अभिनयमा उत्तम

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७०, बिहीबार

गायक उत्तमजंङ लिम्बूले अभिनयमा समेत पाइला राखेका छन् । पछिल्लो समय व्यस्त पाश्र्व गायकका रुपमा चिनिएका उत्तमले नेपाली डुक चलचित्र ‘बाह्र नेपाली एक चिहान’ मा आफ्नो अभिनय खुबी देखाएका छन् ।
अरुण प्रधान निर्देशित ‘बाह्र नेपाली एक चिहान’ २०६१ भदौ १६ मा इराकमा १२ जना नेपालीको हत्यामा आधारित चलचित्र हो । यस चलचित्रमा अभिनय गरेपछि उत्तमले भने, ‘यर्थात विषयवस्तुमाथि बनेको चलचित्र भएकाले अभिनखय गरेको हुँ । यस्तै यर्थातपरक चलचित्रमा प्रस्ताव आए अरु पनि चलचित्रमा अभिनय गर्नेछु ।’
गायन रियालिटी शो ‘खोजी प्रतिभाको’ मार्फत गायनमा करिअर सुरु गरेका उत्तम अहिलेका व्यस्त गायक मानिन्छन् । एक डेढ दर्जनभन्दा बढी चलचित्रमा स्वर दिइसकेका उत्तमले हालै सोलो एल्बम ‘गोल्डेन टच’ ल्याएका थिए । उक्त एल्बमका ‘मलाई हँसाउँदा’ बोलको गीत अहिले चर्चामा छन् । यसैबेला चलचित्र अभिनयमा देखापरेका गायक उत्तमले भने, ‘मेरो पेसा त गायनै हो । अभिनय रहर पूरा गर्न मात्र गरेको हुँ ।’
गायनबाटै लोकप्रियता हासिल गर्दै आएका उत्तमले नेपाललगायत विभिन्न देशमा समेत आफ्नो सांगीतिक प्रस्तुति पस्किसकेका छन् । यसअघि पनि हङकङमा आफ्नो सांगीतिक प्रस्तुतति दिइसकेका उत्तम फेरि हङकङ जान लागेका छन् । उनले भने, ‘म दोस्रोपटक हङकङ जाँदैछु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु