अभिनयमै फर्किए चतुर्वेदी

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७२, बुधबार

सन्तोष मिश्र, वीरगंज । अभिनयको माध्यमबाट छोटो समयमै छुट्टै पहिचान बनाएर पनि सो क्षेत्रबाट टाढिएका अभिनेता आनन्द चतुर्वेदी दर्शकमाझ पुनः आउने भएका छन् । हिन्दूहरूको महान चाड होली लगत्तै शुरु हुने मधेश आन्दोलन सम्बन्धी चलचित्रबाट आनन्द दर्शकमाझ आउन लागेका हुन् ।

पर्साको सदरमुकाम वीरगंज–२८ निवासी पिता रामअयोध्या चतुर्वेदी र आमा मुनादेवी चतुर्वेदीको कोखबाट ०४८ साल माघ २८ गते जन्मिएका आनन्द २०६८ सालमा २० वर्षको हुँदा श्याम भट्टराईको निर्देशनमा रहेको नेपाली कथानक चलचित्र लंकाबाट अभिनय यात्रा प्रारम्भ गरी हालसम्म चेर्स, एस.पी खरेल, सडक छाप आदमी लगायत करिब आधा दर्जन नेपाली एवं भोजपुरी चलचित्रहरूमा अभिनय गरिसकेका छन् ।

ananda chaturbedi
बलिउड कलाकार अनुपम खेर र अमरिश पुरीको रोलमोडेलमा निगेटिभ (खलनायक)को भूमिकामा अभिनय गर्दै आएका आनन्द केही समय व्यक्तिगत कारण देखाइ अभिनय क्षेत्रबाट बाहिरिएको भए पनि मान्छेको नेचर र सिग्नेचर नबद्लिएझैं आफूभित्रको कलाकारितालाई मार्न नसकेर पुनः यस क्षेत्रमा आएको आनन्द बताउँछन् ।

कलाकार महासंघमा सदस्य समेत रहेका आनन्दले वरिष्ठ कलाकार नन्दू श्रीवास्तवलाई आप्mनो गुरु भन्दै आएका छन् । आनन्दले मरवा फिल्म कम्प्लेक्स नोएडा दिल्लीबाट अभिनयमा डिप्लोमा गरेका छन् । आनन्दको पुनः आगमनले उनका प्mयान र दर्शकहरुले छुट्टै आनन्दको अनुभूति गर्न पाउने विश्वास लिइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु