अमरको भाग्य सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७०, आईतवार

गीतकार सुरेन्द्र महर्जन ‘अमर’को गीतिसंग्रह ‘भाग्य’ सार्वजनिक गरिएको छ । गत शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार रत्नशमशेर थापाको हातबाट गीतिसंग्रह भाग्यको लोकर्पण गरिएको हो । म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त लोकर्पण कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका गीतकार थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रमुख अतिथि थापाद्वारा एल्बमका गीतकार सुरेन्द्र महर्जनका बुबा जुजुभाइ महर्जनको अर्धवार्षिकीको अवसरमा गरिएको उक्त कार्यक्रममा बुबालाई सम्झँदै दीप प्रज्ज्वलन गरेर बुबाको तस्वीरमा माला पहि¥याइएको थियो ।  म्यूजिक खबर डटकमका अध्यक्ष समुन बैरागीको सभापतित्वमा सम्पन्न उक्त भाग्य गीतिसंग्रह लोकर्पण कार्यक्रममा गीतकार भावेश भुमरीले गीतको समिक्षा गरेका थिए भने संगीतकार सन्तोष श्रेष्ठले एल्बमभित्र समावेश भएका संगीतको समिक्षा गरेका थिए ।

त्यस्तै प्रमुख अतिथि गीतकार रत्नशमशेर थापाले सुरेन्द्र महर्जन एक सफल कविका रुपमा पाएको र पछिल्लो समयमा उनी गीतकारका माध्यमले अगाडि आउनुभएको भन्दै एल्बम भाग्यले सफलता पाउनेमा आफू विश्वस्त रहेको बताएका थिए भने रेडियोकर्मी एवं गीतकार दिनेश थानीले सुरेन्द्र महर्जनको भाग्य गीतिसंग्रहलाई सफलताको शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रममा कर्मग्याल्छेन बमजन, राजु इन्टरटेनर, मिलन अमात्यले गीत प्रस्तुत गरेका थिए ।
संगीतकार अविदको एकल संगीत र सुरेन्द्र महर्जनको एकल गीतमा तयार पारिएको भाग्यमा लेख्नै परे, जिन्दगी हो, आँसु झारी, निर्दोषलगायतका गीतहरु समावेश गरिएका छन् भने अन्जु पन्त, रीमा गुरुङ (होडा), मिलन अमात्य, बानिका प्रधान, कर्मग्याल्छेन बमजन, महेश सेवा र राजु इन्टरटेनरको स्वर समावेश रहेको छ । भाग्यलाई सुरप्रभा गीतसंगीतले बजारमा ल्याएको हो ।
bhagya1

ratna shamsher thapa

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु