अमिताभ बच्चन, आमिर खान, कटरिना कैफ उपस्थित भएको मञ्चमा आगलागि

म्यूजिक खबर
प्रकाशित: ३ फाल्गुन २०७२, सोमबार

फागुन, ३ । भारतमा बलीउडकै चर्चित कलाकारहरु उपस्थित भएको एक सांस्कृतिक कार्यक्रम सञ्चालन भएको बेलामा नै मञ्चमा आगलागि भएपछि भागदौड मच्चिएको छ । बलीउडका चर्चित तथा लोकप्रिय कलाकारहरु अमिताभ बच्चन, आमिर खान, कटरिना कैफ लगायतका ५० भन्दा बढी कलाकारहरु सहभागी भएको कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा आगलागि भएको हो । आइतबार साँझ भारत मुम्बइको गिरगाउँमा चलिरहेको मेक इन इन्डिया विक नामको उक्त कार्यक्रममा आगलागी भएपछि उनीहरुलई आकस्मिक रुपमा सुरक्षित थवरले कार्यक्रम स्थलबाट बाहिर निकालिएको छ । महाराष्ट्र रजनी नामक सांस्कृतिक कार्यक्रम चलीरहेका बेला एक्कासी भएको आगलागीका कारण मानवीय क्षति नभए पनि मञ्च पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट झण्डै पाँच करोडको क्षती भएको बताइएको छ ।

aajglagi_india

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु