अमेरिकाबाट सम्राटले भने -‘मलाइ मेरै नेपालको माया छ’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ३ श्रावण २०७४, मंगलवार

suman dahal-samrat dahal

साउन ३, काठमाडौं । चलचित्र निर्देशक सुमन दाहालले निर्देशन गरेको राष्ट्रिय भावना समेटिएको गीत सार्वजनिक भएको छ । केही दिन अघि युटुववाट सार्वजनिक गरीएको गीतलाई हाल अमेरीका बस्दै आएका दाहालले निर्देशन गरेका हुन् । उनि नेपाल रहदा लाामो समय चलचित्रका संघ संस्थामा सक्रिय थिए । ‘मलाइ मेरै नेपालको माया छ’ बोलको यस गीतलाई युट्युबमा सार्वजनिक गरिएसंगै दर्शकश्रोताले रुचाईदिएको निर्देशक दाहालले जानकारी दिए ।

अमेरिकामा नै छायांकन गरिएको राष्ट्रिय भावना समेटिएको यस गीतमा सम्राट दाहाललाई फिचरिंग गरिएको छ । ‘अमेरिका आएदेखी नेपाल जाउ , हाम्रो देश नेपाल हो , हाम्रो घर नेपालमा छ भनेर हैरान बनाउथ्यो ‘,  निर्देशक दाहालले भने- ‘उसको यो भावले यस्तो राष्ट्रिय गीत गर्ने सोच पलायो र यो गीत तयार भयो ।’ भिडियोलाइ साल्टलेक सिटी , युटा अमेरिकामा तयार परेका हुन् ।

गीतमा शान्तिप्रियको शब्द रहेको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतलाई  बेगेन्द्र बुढाले स्वर भरेका हुन् । अमेरीकामा नै तयार भएको म्युजिक भिडियोमा सम्राटसंगै बिर्याना थपलिया, बिएनका थपलिया ,संमृद्धी थापा र संयुक्ति थापाको पनि अभिनय रहेको छ । सुजिता सिटौलाको छायाँकन रहेको यस गीतलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् यस्तो छ भिडियो  :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु