अमेरिकामा डाँगी र गुरुङको तिज

म्यूजिक खबर
प्रकाशित: २५ श्रावण २०७२, सोमबार

काठमाडौं । नेपाली हिन्दू नारीहरुको महान् चाड नजिकिँदै गर्दा कलाकारहरुमा तिजका गीतहरु निकाल्ने होडबाजी नै चलिरहेको छ । दिनदिनै तिजका गीत रेकर्ड हुने र म्यूजिक भिडियो सुटिङ हुने क्रम तीब्र गतिमा चलिरहेको छ । मुलुकभित्र होस् या बाहिर सबै नारीहरु तिजमा एउटा गीत बजारमा ल्याउने दौडमा छन् ।

teej sarita_fiste
अमेरिकामा रहेका गायिकाद्वय सरिता डाँगी र मिरा गुरुङले पनि ‘वर्ष दिनको तिज’ लाई बजारमा ल्याएका छन् । गायक विमल डाँगीको शब्द र संगीतमा तयार पारिएको वर्ष दिनको तिज बोलको गीतमा गायिका सरिता डाँगी र मिरा गुरुङ स्वर समावेश गरिएको छ । डाँगी र गुरुङको संयुक्त प्रस्तुतिमा रहेको उक्त गीतको संगीत संयोजन भने राकेश ओलीको रहेको छ ।
अमेरिकामा नै छायाँकन गरिएको म्यूजिक भिडियोमा गोपाल नेपाल फिस्टेको निर्देशन रहेको छ । ओम कर्माचार्यको छायाँकन रहेको उक्त म्यूजिक भिडियोमा विजय नकर्मीको कोरियोग्राफी रहेको छ । यस गीतको बजार व्यवस्थापन भने विन्ध्यवासिनी म्यूजिकले गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु