अमेरिकामा ढकाल ब्रदर्सको डिस्टेन्स शुरु

म्यूजिक खबर
प्रकाशित: ४ असार २०७२, शुक्रबार

काठमाडौं । ढकाल ब्रदर्सका नामबाट अमेरिकामा चर्चित गायकहरु मनोज ढकाल, कृष्ण ढकाल र नविन ढकालको पहिलो एल्बम डिस्टेन्स बजारमा आउने भएको छ । कृष्ण ढकालको स्वरमा रहेको गीत पिउँदिन थिएँ म को भिडियो सुटिङ सम्पन्न भएको छ । मोहनराज अधिकारीको निर्देशनमा तयार भएको उक्त भिडियोमा सम्पदा बानियाँ र निराजन प्रधानले अभिनय गरेका छन् भने छायांकन अमृत सुनुवारको रहेको छ । उक्त भिडियोको सम्पादन माधव बेलवासेले गरेका छन् । भिडियो बाट गायक तथा संगीतकार ढकाल ब्रदर्स निकै नै आशावादी रहेको बताउँछन् ।mohan1 mohan adhikari mohan news1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु