अमेरिकामा युनानाको बैठकले गर्यो यस्ता महत्वपूर्ण निर्णयहरु :

म्यूजिक खबर
प्रकाशित: २७ बैशाख २०७५, बिहीबार

अमेरिका । लस् भेगास मे ४ मा सम्पन्न, अमेरिकाको विभिन्न राज्यहरुबाट आबद्ध भएका नेपाली कलाकारहरुको ठुलो संस्था, बृहत् नेपाली कलाकार संघ, उत्तर अमेरिका ( UNAANA) ले अधिवेसनको तयारीको लागी केन्द्रिय कार्य सम्पादनको मिटिङ्गमा विभिन्न महत्वपूर्ण निर्णयहरु पारित गरेको छ ।

– प्रवाशमा रहेर, नेपाली कला, संगीत र साहित्यमा योगदान पुर्याउनु हुने तिन जना व्यक्तित्वहरुलाई प्रत्येक बर्ष “युनाना बर्ष व्यक्तित्व सम्मान “ भनेर सम्मानित गरिने निर्णय गरेको छ ।

– किड्नी पिडित अस्पतालमा उपचार गराई रहेकी बिपन्न परिवार कि गायिका जलजला परियारलाई, संस्थाको कलाकारहरुबाट उठेको रकम ६७७ अमेरिकी डलर युनाना नेपाल मैत्री मंचका संयोजक संगीतकार सन्तोष श्रेष्ठ मार्फत हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

– निकट भविष्यमा संस्थाको अधिवेसन तयारीका लागी संस्था र कलाकारहरुको सम्बन्धलाई अझै सुदृण गराउने निर्णय गरेको छ ।

– साँस्कृतिक कार्यक्रम मार्फत अमेरिका तथा उत्त्तर अमेरिकामा नेपाली संस्कृतिको बिकाश गर्ने निर्णय गरेको छ ।

– संस्थाको कार्य सम्म्पन्न्ताका लागी केहि थप जिम्मेवारीको बाँड फाँड गरेको छ ।

१- संचार संयोजक; श्रीराम थापा ‘काजिसाब’ (क्यालिफोर्निया)

२- आर्थिक संयोजक; दिनेश कार्की (भर्जिनिया)

३- कार्यक्रम संयोजक; नारायण त्रिपाठी (टेक्सास्)

४- जन सम्पर्क संयोजक; हेमन्त हमाल (मिनिसोट्टा)

५- व्यवस्थापन संयोजक; अरुणा रुम्बा मोक्तान (न्यु योर्क)

सचिब बसिल अर्यालले निर्णयका बुंदाहरु पढेर सुनाउनु भएको थियो भने बैठकको अधक्ष्यता कन्हैया सिंहले गर्नु भएको थियो ।

-युनाना संचार संयोजक श्रीराम थापा ‘काजिसाब’ 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु