अमेरिकामा शुभकामना सांस्कृतिक साँझ हुँदै

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०७२, शुक्रबार

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ अमेरिकाले दसैंको छेको पारेर बृहत शुभकामना सांस्कृतिक साँझ २०१५ गर्ने भएको छ । अमेरिकाको न्यूयोर्कमा प्रस्तुत हुन लागेको शुभकामना साँझ आगामी अक्टोबर १६ तारिखका दिन सम्पन्न हुने भएको छ । अमेरिकामा छरिएर रहेका विभिन्न क्षेत्रका कलाकारहरुको छाता संगठन नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको यस कार्यक्रमको टिकट भने एक हप्ता अगाडि नै बिक्री भइसकेको संघका वरिष्ठ उपाध्यक्ष कन्हैया सिंह परियारले म्यूजिक खबरलाई जानकारी दिए । टिकट बिक्री भइसकेको कारण कतिपय आफन्त, शुभचिन्तकहरुलाई टिकट उपलब्ध गराउन नसकिएकोसमेत सिंहले भने – ‘अक्टोबर १६ को साँझ भेटौं गाउँ, नाचौं र रमाऔं ।’

america nepali
हिन्दूहरुको महान् चाड बडादसैं नजिकिँदै गर्दा एक नेपाली र अर्को नेपालीबीच भेटघाट र शुभकामना आदानप्रदानको उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा गायिका अन्जना गुरुङ, नवीन ढुंगेल, निशा सुनार, गायक विमल डाँगी, कन्हैया सिंह, यम बराल, सुमन बुढा, अभय ढुंगेल, विक्रान्त बस्नेत, जगदीश समाल, गीता बिर्लाकोटी, संगीत थापा,  सुवर्ण क्षेत्री, श्याम गुरुङ राजेन्द्र राई, सरिता डाँगी, बसन्ती राई र रन्जना शर्मा लगायतका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

usa program

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु