अरुको कुचेष्टालाई मेरो इमान्दारिताले जितेको होः निर्देशक भट्ट

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७३, बिहीबार

माघ २०, काठमाण्डौ । गीतसंगीतको अडियो भिडियो उत्पादनको क्षेत्रमा क्रियाशील रहेको संस्था साइ भिजन प्रालिले १० वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । दर्जनौं गायक गायिकाको प्रतिभालाई सबैको सामु ल्याउन सफल एवं चर्चित गायक गायिकाको भिडियो निर्माण गरेर दर्शकसामु देखाउन सफल साइभिजन प्रालिले हालसम्म ३ हजार भन्दा माथि भिडियोको उत्पादन गरिसकेको कम्पनीका प्रबन्ध निर्देशकसमेत रहेका निर्देशक प्रकाश भट्टले जानकारी दिए ।

saivision
निर्देशक भट्टले म्यूजिक खबरसँग कुरा गर्दै भने– ‘मेरो साङ्गीतीक यात्राले १४ औ बसन्त पार गरे पनि मेरो यात्रालाई थप उचाइमा पु¥याउन सफल साई भिजन प्रालि स्थापनाको १० औ बसन्त पार गरी ११ औ बसन्त प्रबेश को दिन आज म अत्यन्तै खुशी छु ।’ साइ भिजनको जन्म गराई दिनु हुने आदरणीय दाजु गोविन्द कार्की प्रती आभारी र ऋृणी छु, भट्टले भने – ‘यस कम्पनीलाई हुर्काउन, बढाउन सहयोग गर्नु हुने म्युजिक कम्पनीहरु, श्रस्टा, सर्जक, कलाकार, श्रोता दर्शक, शुभेच्छुक र यस संस्थामा आबद्द सबै प्राबिधिक तथा पारिवारिक सदस्यहरु प्रति पनि धेरै आभार प्रकट गर्दछु ।’

साइभिजनका विगतका दिन सम्झँदै भट्टले आफ्नो प्रतिस्पर्धाको समय, त्यसमा पनि यस संस्थाप्रति प्रतिशोध ब्यक्त गरेर संस्थालाई धेरै नै आँच आउने र बन्द समेत गराउनको लागी धेरै ठाउँबाट कु–प्रयत्न भएकै बताउँदै अरुको कुचेष्टालाई मेरो इमान्दारिताले जितेको बताए ।

आफ्नो इमान्दारिताले गर्दा सबैले विश्वास गर्नुभएकोमा साइभिजन प्रालि सधैं ऋणी रहने बताए । मेरो दृढ बिश्वास, म्युजिक कम्पनीहरु, श्रस्टा, सर्जक, कलाकार, श्रोता दर्शक, शुभेच्छुक र यस संस्थामा आबद्द सबै प्राबिधिक तथा पारिवारिक सदस्यहरुको साथ र सहयोगले आजसम्म साइभिजन प्रालि निरन्तर दश वर्षसम्म नडगमगाई अगाडि बढ्न सफल भएको बताए निर्देशक भट्टले म्यूजिक खबरलाई बताए ।
भट्टले आफ्नो ११ औं वर्ष प्रवेशको अवसरमा कुरा गर्दै भने– संस्थालाई अझ उचाइमा पु¥याउन हरदम प्रयत्नरत यिनै सहयोगीहरु बाट आगमी दिनमा पनि पुर्ण सहयोगको अपेक्षा गर्दै सहयोग गर्नुहुने सबैप्रती नतमस्तक हुँदै आभार प्रकट गर्न चाहन्छु ।

साइभिजन प्रालि १० पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा म्यूजिक खबर परिवार हार्दिक बधाई एवं सफलताको कामना गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु