अलिशा राई राजुको प्रेममा चुर्लुम्म, हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७४, शनिबार

असार १७, काठमाडौं । चर्चित नायिका अलिशा राई र मोडल राजु कान प्रेममा चुर्लुम्म डुबेका छन् । उनीहरुको ‘प्रेम रंग’ भिडयोमा हेर्न सकिन्छ । भर्खरै रिलिज भएको ‘प्रेम रंग’ बोलको म्यूजिक भिडियोमा अलिशा र राजु प्रेममा चुर्लुम्म डुबेका देखिन्छन ।

उक्त गीतमा गायक सन्जिब पराजुलीलाई गायिका बानिका प्रधानले साथ दिएकी छन् । गायक सन्जिबको एल्बम ‘सुनय’मा समावेश यस गीतलाई सेमी–क्लासिकल शैलीमा तयार पारिएको छ ।

alisha-rai-raju-kan
यस गीतमा शब्द रचना होमनाथ न्यौपाने र संगीत दीपक भट्टराईको रहेको छ । गीतको म्युजिक भिडियो ससान कंडेलले निर्देशन गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।

म्युजिक भिडियोको शुरु देखि अन्तसम्म प्रेमालापमा चुर्लुम्म डुबेका राजु र अलिशाको यो जोडीलाई यस गीतको शब्द र संगीत परिपुरक जस्तै बनेको देखिन्छ।

यस अगाडी गायक सन्जिबको गायिका टीका प्रसाईं संगको ‘नाइँ मलाई थाहा छैन’ वर्षकै सर्वाधिक हिट गीतहरुमा पर्न सफल भइ सकेको छ । साथै तिमी मलाई मन पर्छ, झिलिमिल झिलमिल, चाहनामा म तिम्रो, बादल संगै जस्ता गीतहरु श्रोता–दर्शक माझ निकै लोकप्रिय रहेका छन् । गायक सन्जिब एक भर्सटायल गायक हुन् । रिलिज भएको छोटो अवधि मै देश विदेशका श्रोता–दर्शकहरुबाट आएका प्रतिक्रियाले आफुलाई भविष्यमा अझ उत्कृष्ट गीतहरु गाउन थप प्रेरणा मिलेको कुरा गायक सन्जिबले हामीलाई बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु