अवार्ड आवेदन असार मसान्तसम्म, भुकम्प गीत पनि समावेश गरिने

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७२, मंगलवार

काठमाडौं । विगत चार वर्षदेखि निरन्तर रुपमा हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनका लागि आवेदन दिने मिति आगामी असार मसान्तसम्म हुने म्यूजिकखबरले जानकारी दिएको छ । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पले सम्पूर्ण गीतसंगीत क्षेत्रलाई क्षति पु¥याएको अवस्थामा र यस क्षेत्रमा आवद्ध भएका संगीतकर्मीहरुलाई समस्यामा पारेका कारण आवेदन दिन छुटेकाहरुलाई मध्यनजर राख्दै असार मसान्त सम्मका लागि आवेदन खुला गरिएको विज्ञप्तिमार्फत् म्यूजिक खबरले जानकारी दिएको हो ।

संगीतकर्मी, संचारकर्मीहरुको सल्लाह, सुझाव र सहयोगमा यस अवार्डले चौथो वर्षसम्मको यात्रा गर्न सफल भएकोमा सम्पूर्ण संगीतकर्मीहरुलाई धन्यवाद दिँदै म्यूजिकखबरले कोही पनि संगीतकर्मी नछुटुन् भन्ने उद्देश्यले असार मसान्तसम्मका लागि आवेदनको मिति तय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
म्यूजिकखबर डटकमको आयोजनामा हुँदै आइरहेको चौथो म्यूजिक खबर म्यूजिक अवार्डमा विनाशकारी भुकम्पलाई मध्यनजर गर्दै संगीतकर्मीहरुले गीत सिर्जना गर्नुभएको हुँदा उत्कृष्ट भुकम्प गीतको विधालाई पनि यस अवार्डमा समावेश गर्ने म्यूजिकखबरको विज्ञप्तिमा उल्लेख छ । भुकम्पको विषयलाई केन्द्रमा राखेर चेतनामूलक सिर्जनाबाट आम जनसमुदायलाई त्रसित नहुन र विकासको गतिलाई अझ तीब्रस्तरमा लैजानका लागि गीतसंगीतले खेलेको भूमिकालाई मध्यनजर गर्दै यो विधा समावेश गर्न लागिएको बताइएको छ । उर्जाशिल एवं चेतनशील समाज निर्माणमा भुकम्प गीतले पु¥याउने योगदानलाई मनन गर्दै ‘उत्कृष्ट भुकम्प गीत’ को विधा यस वर्षका लागि राखिएको जानकारी गराइएको छ । प्राकृतिक प्रकोपबाट पर्न गएको क्षतिप्रति दुःख व्यक्त गर्दै म्यूजिकखबर डटकमले सिर्जनशील संगीतकर्मीहरुलाई अवार्डमा सहभागी हुन अनुरोध गरेको छ ।
चौथो म्यूजिक खबर म्यूजिक अवार्ड आगामी भाद्र महिनामा राजधानीमा एक भव्य र सभ्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरिनेछ भने श्रावण महिनामा विभिन्न ३२ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिने म्यूजिकखबर डटकमका अध्यक्ष सुमन बैरागीले जनाएका छन् ।

music award 2015
अवार्डमा लोक, आधुनिक, चलचित्र, पप, राष्ट्रिय भावको गीतका साथमा उत्कृष्ट भुकम्प गीतलाई पनि समावेश गरिने जनाइएको छ । त्यस्तै गत वर्षजस्तै यस वर्ष पनि ‘बाल प्रोत्साहन सम्मान’बाट एकजना बालसंगीतकर्मी र ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’बाट एक जना संगीत पत्रकारलाई सम्मान गरिनेछ । यस अवार्डमा गोसार्इंकुण्ड स्वास्थ्य सेवा केन्द्र (बाथरोग सेन्टर), म्याग्दी धौलागिरी गहना पसल एवं न्यू वल्र्ड टेलर्स सहप्रायोजकको रुपमा सहकार्य गर्दैछन् भने सहयोगी प्रायोजकको रुपमा एनएमसी युनिभर्सल एसडीएन बीएचडी मलेसिया, नेपाल ट्रेडिङ एसडीएनबीएचडी मलेसिया विभिन्न संचारमाध्यमहरुले प्रचारप्रसार गर्ने भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु