अविश्वासको तरङ्ग सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २८ चैत्र २०७०, शुक्रबार

काठमाडौं । प्रवासमा रहेर नेपाली साहित्यमा आफूलाई सक्रिय गराइरहेकी कृष्णकला वनेमको साहित्य कृति अविश्वासको तरङ्ग सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तनमा उपकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा बनेमको अविश्वासको तरङ्गलाई सार्वजनिक गरिएको हो ।
कृष्णकला बनेम इजरायलमा बसेर आफ्नो कार्यव्यस्ततामा पनि साहित्यमा सक्रिय रहेक ीबनेमको कथाकृति अविश्वासको तरङ्गलाई ल्याउन सफल भएकी हुन् । नेपालीहरु विदेशमा गएपछि नेपाली मन र नेपाली पनलाई धेरै माया गर्ने हुँदा आफ्नो राष्ट्रियताका खातिर सबै नेपालीहरु साहित्य र संगीततर्फ उन्मुख हुने गर्छन् । त्यसै श्रृंखलामा साहित्यकार कृष्णकला वनेम पनि कथा लिएर साहित्यको क्षेत्रमा आएकी हुन् । यसभन्दा अगाडि गीतिसंग्रह लिएर आएकी वनेमले ल्याएको कथासंग्रहमा ९ वटा कथासंग्रह रहेको छ । जसमा साइबर प्रेम, माया प्रेम, पारिवारिक विषयवस्तुलाई पनि प्रमुख रुपमा उतारिएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, गीतकार श्याम तमोट, कवि श्रवण मुकारुङलगायतले कथासंग्रहका बारेमा शुभकामना दिएका थिए । नेपाल वाङ्मय परिषद् र मिलाम मासिकको आयोजनामा भएको उक्त कार्यक्रममा परिषद्का अध्यक्ष शशि लुमुम्बुको सभापतित्व रहेको थियो । कार्यक्रम परिषद्की सदस्य गीता अधिकारीले संचालन गरेकी थिइन् ।

8

 

7

 

6

 

4

 

3

 

2

 

1

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु