अस्तित्व स्वीकार नगरेसम्म बक्सअफिस लागू हुँदैनः उदय

म्यूजिक खबर
प्रकाशित: ७ बैशाख २०७४, बिहीबार

बैशाख ७, काठमाडौं । दुई महिनाअगाडी हेटौंडामा भएको नेपाल चलिचत्र संघको ४२ औँ साधारण सभाबाट सर्वसम्मत अध्यक्षमा चयन भएका निर्माता प्रदीप उदयले बिहीवार पदभार ग्रहण गर्दै चलचित्र उद्योगलाई व्यवसायिक, मर्यादित र सम्मानित बनाउने प्रतिवद्धता व्यक्त गरे । संघको कार्यालय विशालनगरमा आयोजना भएको एक समारोहका बीच निवर्तमान अध्यक्ष नकिम उद्दिनबाट पद तथा गोपनियताको शपथ खाँदै प्रदीप उदयले बक्सअफिस पनि अस्तित्व स्वीकार गर्न नसकेकै कारण लागु हुन नसकेको बताए । ‘हामी बक्सअफिस लागु हुनु पर्छ भन्नेमै छौं तर जबसम्म चलचित्र घरलाई चोरको संज्ञा दिइन्छ तबसम्म हामीहरु बक्सअफिसको विरोध गरिरहन्छौं, उदयले भने ।’

pradip kumar uday
उनले नेपाली चलचित्रसँग आबद्ध सम्पूर्ण संघ संस्थाहरुसँग मिलेर नेपाली चलचित्रक्षेत्रलाई मर्यादित बनाउन पहल गर्ने बताए । हामीले एकअर्काको अस्तित्व स्वीकार गर्न नसकेकै कारण चलचित्र क्षेत्र माथी उठ्न नसकेको हो ।’

pradp
उदयसँगै संघको कार्यसमितिमा अन्य पदाधिकारीको पनि चयन गरिएको छ । जसअनुसार प्रथम उपाध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मधुसुदन प्रधान, तृतीय उपाध्यक्षमा नरेन्द्र महर्जन, महासचिवमा अर्जुन श्रेष्ठ, उपमहासचिवमा मिजास पोखरेल र कोषाध्यक्षमा गोपालकाजी कायस्थ रहेका छन् । त्यसैगरी उपत्यका सभापतिमा मदनमान बज्राचार्य, पश्चिमाञ्चल सभापतिमा कपिलप्रसाद द्वा, न्यायिक समिति सभापतिमा नारायण प्रसाद आचार्य, प्रदर्शन सभापतिमा त्रिरत्न मानन्धर, बितरण सभापति विक्रम पराजुली र पूर्वाञ्चल सभापतिमा चैतन्य बराललाई मनोनित गर्ने बताइएको छ ।

नेपालभरि रहेका फिल्म हल संञ्चालकहरुको छाता संगठनका रुपमा चिनिने नेपाल चलचित्र संघ फिल्म क्षेत्रकै सबै भन्दा पूरानो संस्था हो । यो संस्था २०१३ सालमा स्थापना भएको संस्था हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु