अहिलेको तीजमा स्वरुपमा भन्छिन् ‘नाच्छु बेपत्ता’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७३, आईतवार

swarupa_teejकाठमाण्डौ । यतिबेला नेपाली गीत संगीतको बजार तीजमय बनेको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिंकिदै जाँदा तीज विशेष गीतहरु पनि गनिनसक्नु गरि सार्वजनिक भएका छन् । पछिल्लो केहि वर्ष यता तीज गीत भनेर उत्ताउला र रत्यौली गीतहरुले बजार तताएको पाइन्छ भने तीजका मर्म र महत्व बोकेका तीजगीत भने औंला भाँचेर गन्दा दश बाट उकालो लगाउन गाह्रै पर्ला यो वर्ष ।

०७३ को तीजको उपलक्ष्यमा निस्केका तीजको मौलिकता झल्काउने र तीजको मर्म अनि महत्व बोकेको तीज गीतहरुमध्ये लोकप्रिय सुमधुर स्वरकी धनि गायिका स्वरुपा रसाइलीको आवाजमा सजिएको ‘ नाच्छु बेपत्ता’ पनि एक हो ।

गायिका रसाइलीको ‘नाच्छु बेपता’ यूटुव मार्फत सार्बजनिक भएको उक्त गीत यतिबेला निकै चर्चामा पनि छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा पछिल्लो समय छाडा प्रवृत्तिका तीज गीतहरु बजारमा आएको बेला रसाइलिको गीतमा हिन्दू चेलीबेटीको वास्तविक मौलिक भाका समेटिएको छ ।जुन गीतमा लय, शब्द अनि प्रस्तुतीका हिसावले मौलिकपन यथेष्ट भेटिन्छ ।

लिलगुरुङको शब्द रचना र बिबि अनुरागीको लय संगित रहेको छ । उक्त गीतमा शिब बिकको निर्देशन रहेको छ भने रविन्द्र वरालको छायाङ्कन रहेको छ ।रविन विकेको सम्पादन रहेको गीतमा मा उषा विश्वकर्मा , सिम्पल खरेल बाल कलाकार मीनाश्री , शिक्षा र सुश्माको अभिनय रहेको छ । यस गीतलाई छोटो समयमा नै दर्शक श्रोताले रुचाएका छन् ।

चाउचाउ नि खाएँ, चिसो नि खाएँवाट तिजगित शुरु गरेकी रसाइलीको अघिल्लो वर्ष ‘यसपालिको तीज आहा कति रमाइलो’ले अत्यन्तै चर्चा पाउन सफल भएको थियो ।

‘नाच्छु बेपता’-भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु