आँखैमा हो राखौं कि भन्दै दीपक

म्यूजिक खबर
प्रकाशित: २१ भाद्र २०७४, बुधबार

२१ भाद्र २०७४, काठमाडौं । ‘आँखैमा हो राखौं कि…’ भन्दै आएका छन् दीपक पाठक । पहिलो एल्वम ‘म आकाश भएको हुन्छु’ बाट दर्शक–स्रोताको मन जित्न सफल दीपक पाठकको दोस्रो एल्वम स्टेप वानमा समावेश आँखैमा हो राखौं कि लिएर आएका हुन् । स्टेप वानमा रहेका गीत मध्ये ‘माकुरीले जाल बुने जसरी…’को भिडियो केही दिनअघि सार्वजनिक भएको थियो भने ‘आँखैमा हो राखौं कि…’को भिडियो हालै सार्वजनिक भएको हो । ‘आँखैमा हो राखौं कि…’ गीतमा शब्द र सङ्गीत पनि दीपक पाठककै छ । गीतमा सङ्गीत संयोजन चन्दु गोर्खालीको छ ।


‘आँखैमा हो राखौं कि…’को भिडियोमा पुष्प खड्का र वर्षा सिवाकोटीको अभिनय छ । राम श्रेष्ठ र निरज कँडेलले खिचेको यो गीतको भिडियोमा दिपक सिंहको कोरियोग्राफी छ । अनिल कुमार महर्जनले सम्पादन गरको यो भिडियोलाई सुमन घिमिरेले निर्देशन गरेका छन् ।
विगत २५ वर्ष देखि नेपाली साङ्गीतिक क्षेत्रमा रहेका दीपकले थुप्रै कलेक्नस एल्वमहरुमा स्वर दिएका छन् भने चलचित्र गीत पनि गाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु