आउँदैछ “शुरशाला आइडल जुनियर”

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७२, आईतवार

काठमाडौं । शुरशाला म्युजिक एकेडेमीले बाल गायन प्रतिभा “शुरशाला आइडल जुनियर” नाम दिएर यहि अशोज देखि अडिसन सुरु गरि पौषमा फाइनल कार्यक्रम गर्ने तैयारी गरेको छ । सन् २००४ मा स्थापना भएको यस शुरशाला म्युजिक एकेडेमी ले बिशेष बालबालिकाहरु र युवाहरुलाई गायन तथा संगीतका विभिन्न विधाहरुमा करिब १७ वटा देशका संगीतप्रेमी हरुलाई ब्यबहारिक संगीतको शिक्षा नियमित रुपमा सिकाउँदै आएको छ।

यस अघि पनि सुरशाला यु टुब आइडल बैसाख बाह्रको भुकम्पसंगै स्थगित भएपछी शुरशाला म्युजिक एकेडेमीले विभिन्न स्थान, सेल्टर, बिध्यालयहरुमा पुगेर करिब १२००० र ससाना बालबालिकादेखि लिएर सम्पूर्ण मानिस लाइ म्युजिकल थेरापी दिएर सामाजिक कार्यमा पनि अग्रणी भूमिका निर्बाह गर्दै आएको छ। प्रतिभाहरुको खोजि गर्दै मुलुकलार्इ एक कुसल गायक, गायिका, म्युजिसियनहरु उत्पादन गर्ने उदेश्यले अब चाँडै नै शुरशाला आइडोल जुनियर प्रतियोगिता सुरु हुन गइरहेको र अहिले तत्कालको लागि काठमाडौँलार्इ बेस बनाएर यस सिङ्गिङ्ग प्रतियोगिता शुरशाला आइडोल जुनियर हुन् लागेको हो।

Surshala 1

नेपालमै पहिलोपटक भव्यरुपमा बाल गायन प्रतिस्पर्धा आश्विन ९ गते देखि काठमाडौँ, भक्तपुर र ललितपुरमा अडिशन गर्ने र पौषमा राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्षप्रसारण हुने यसकार्यक्रमको हरेक सृंखला मार्फत विस्वभरिनै हेर्न र सहयोग गर्न सकिनेछ । सुरशाला आइडल स साना बालबालिकाहरुमा लुकेर रहेको प्रतिभाहरुलाई उजागर गर्ने, नेपाली उत्कृष्ट प्रतिभावान बालबालिकाहरुको कलालाई नेपाल संगसंगै विश्वभरि पुरयाउने हो । हजारौं बालबालिकाहरुबाट टप ३०, १० हुदै यी मध्ये जो उत्कृष्ठ ठहरिने छ उहि नै हुनेछ सुरशाला आइडल २०१५ ।

poster surshala

यस प्रतियोगिताको बिजेतालाइ शुरशाला म्युजिक एकेडेमीको तर्फबाट नगद पुरस्कार, ट्रफी, शुरशालामा छात्रवृति, गीत र भिडियो रेकर्डिङ गरि रु ३,५०,००० (अक्षरुपी तिन लाख पचास हजार) मूल्य बराबरको प्रथम पुरस्कार प्रदान गरिने भएको छ । त्यसैगरी दोस्रो हुनेलाई नगद पुरस्कार, ट्रफी, शुरशालामा छात्रवृति, गीत रेकर्डिङ गरि रु २,२५,००० मूल्य बराबरको पुरस्कार प्रदान गरिने भएको छ । तेस्रो पुरस्कारमा नगद तथा शुरशालामा छात्रवृति साथै रु १,६०,००० मूल्य बराबरको पुरस्कार प्रदान गरिने छ । साथ मा टप टेन भित्र पर्ने उत्कृष्टहरुलार्इ पनि रु ५०,०००। बराबरको गायन छात्रवृति एक वर्षसम्मको लागि प्रदान गरिने जानकारी पनि अमृत क्षेत्रीले बताए । विश्वभरिबाट नै उनहरुको कलाको चर्चा हुने साथ् साथै विश्वको जुनसुकै कुनाबाट पनि जो कोहिले पनि यस कार्यक्रमलार्इ र कार्यक्रम मार्फत उत्कृष्टलार्इ पुस्कार र उपहार दिन र सहयोग गर्ने पाउने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु