आचार्य र कार्कीले नयाँ शैलीका साथ भने ‘दुनियाँ बेग्लै छ’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३ फाल्गुन २०७२, सोमबार

काठमाडौं, ३ फागुन । गायिका निक्की कार्की र गायक समिर आचार्यलाई यतिबेला दुनियाँ बेग्लै लाग्न थालेको छ । अमेरिकामा बसोबास गर्दै आएकी कार्की र अष्ट्रेलियामा बस्दै आएका आचार्यले मिलेर दुनियाँ बेग्लै लागेको गुनासो गरेका हुन् । समय र भोगाई अनुसार सबैलाई दुनियाँ अलग लाग्नु पनि स्वभाविक नै हो तर यि दुई सांगीतिक हस्तिहरुले भने दुनियाँ बेग्लै लागेको गुनासो गीत मार्फत गरेका हुन् ।
भुल्दिन नेपाली भुइँ बोलको गीत गाएर एकाएक चर्चामा आएकी गायिका निक्की कार्की पुनः ‘दुनियाँ बेग्लै छ’ बोलको गीत मार्फत समिर आचार्यसँग गीत गाएर सार्वजनिक गरेका हुन् । गायक आचार्यले आफूले निक्कीसँग गाएको गीतलाई स्रोता दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् । यो गीतलाई दर्शकसम्म पुर्याउनका लागि ‘दुनियाँ बेग्लै छ, अब नेपाल नाच्दै छ’ भन्ने नाराका साथ प्रतिस्पर्धाको पनि आयोजना गरिएको छ ।
आशिष अविरलको संगीत र आनन्द अधिकारीको शब्द रहेको उक्त गीतको म्यूजिक भिडियो निर्देशक प्रशन्न पौडेलले अमेरिकाबाटै स्काइपबाट निर्देशन गरेका हुन । भिडियोमा पुष्प खड्का र तनुजा गुरुङको अभिनय रहेको छ । गीत रिलिजसँगै उनीहरुले आफ्नो गीतलाई चर्चित बनाउन ुदुनियाँ बेग्लै छ, अब नेपाल नाच्दै छु भन्ने नाराका साथ नृत्य प्रतियोगिताको पनि घोषणा गरेका छन्। गीतमा डान्स गरेर फेसबूक पेजमा पोस्ट गर्ने उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो हुने ब्यक्तिलाई क्रमशस् ५० हजार, २५ हजार र १०,००० दिइनेछ । प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले यस गीतमा नाचेको भिडियो यही फेब्रअरी १५ देखी १ महिना भित्र www.facebook.com/duniyabeglaichha यो फेसबूक पेजमा पोस्ट गर्नुपर्ने छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु