आज विरही कार्की एकल साँझ

म्यूजिक खबर
प्रकाशित: २९ फाल्गुन २०७०, बिहीबार

काठमाडौं, २९ फागुन । चेपाङ बालबालबालिकाको सहयोगार्थ विरही कार्की एकल साँझ आज दिउँसो २:३० बजेबाट नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न हुँदैछ । लामो समयदेखि चर्चाको विषय बनिरहेको विरही कार्की एकल साँझ २०७० लाई सम्पन्न पार्नका लागि भारतदेखि प्रमुख अतिथिका रुपमा विष्णु प्रसाद बराल, विशिष्ठ अतिथिका रुपमा लक्ष्मी बराल र राम डाँगी आइसकेका छन् भने आजको कार्यक्रममा नेपालका वरिष्ठ गीतकार, संगीतकारदेखि गायक गायिका एवं संचारकर्मीको उपस्थिति रहनेछ । कार्यक्रममा १७ जना बाद्यवादकहरुको समूहले एकल साँझलाई साथ दिनेछन् भने यस समूहको संयोजन गायक तथा संगीतकार झलक संगीतम्ले गरेका हुन् । सुनखानी म्यूजिकको आयोजनामा हुन लागेको यस विरही कार्की एकल साँझलाई शुभकामना मिडिया सोलुसनले इभेन्ट व्यवस्थापनको जिम्मा लिएको छ । कार्यक्रमलाई एनटी प्लस र अरनिको टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछन् भने राष्ट्रिय लोकसंचारकर्मी नेपालसँग आबद्ध रहेका रेडियोहरुबाट पनि प्रत्यक्ष प्रसारण सुन्न सकिने व्यवस्था मिलाइएको छ । कार्यक्रमलाई अल इन्डिया फेडरेशन अफ भोलुन्टरी अर्गानाइजेशन, बीबीआरएल कन्स्ट्रक्सन, एसपी मेमोरियल शिक्षा निकेतनले प्रमुख प्रायोजन गरेका हुन् भने एशियन खबर डटकमले सहप्रायोजन गरेको हो ।

 invitation card copy

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु