आठ वर्षेको आँट । अहिलेसम्मकै कान्छा निर्देशक बन्दै सौगात

म्यूजिक खबर
प्रकाशित: २२ श्रावण २०७१, बिहीबार

काठमाडौं । सौगात विष्ट आठ वर्षको भए । उनको आँट देखेर सबै छक्क परेका छन् । आठ वर्षको उमेरमा फिल्म निर्देशन गर्ने आँट उनीमा छ । उनको आँटलाई पूरा गरिदिन उनका बाबु नायक गजित विष्ट, आमा सम्झना पोखरेल, काका गम्भीर विष्ट लागिपरेका छन् । अन्तर्राष्ट्रिय रुपमा सौगातको नामलाई चिनाउनका लागि आठ वर्षको उमेरमा निर्देशन गर्न लागेको चलचित्र ‘लभ यू बाबा’ को बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको थियो । उनको निर्देशन गर्ने आँटले उनी अहिलेसम्मकै कान्छा निर्देशकका रुपमा चिनिने भएका छन् ।
सौगात विष्टले पत्रकार सम्मेलनमा आफू चलचित्रको निर्देशनमा प्राविधिक र सैद्धान्तिक रुपमा सबल रहेको हुनाले आउन लागेको बताएका थिए । केही समयअघि मात्र जन्मभूमि चलचित्रमा अभिनय गर्दा निर्देशन र क्यामेराको एंगल सिकेको बताउँदै विष्टले भने ः ‘बाबा एकटर भएर फिल्म खेले अनि अवार्ड पाउनुभयो, दिदीले पनि अवार्ड पाउनुभयो, काका पनि डान्सर भएर अवार्ड पाउनुभयो अब म कसरी अवार्ड पाउने त ? भनेर निर्देशनमा लागेको हुँ ।’


डान्स फिवरको ब्यानरमा बनन लागेको चलचित्र लभ यू बाबामा संगम विष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, अनमोल अग्रवाल, अर्जुन गुरुङल, निर्मल शर्मागायतको अभिनय रहनेछ भने अनु शाह र सुव्रत आचार्य विशेष भूमिकामा देखिनेछ । गजित विष्टको कथा रहेको चलचित्र लभ यू बाबालाई गम्भीर विष्टले लेखेका छन् । चन्द्र पन्तको द्वन्द्व रहने यो चलचित्रलाई दिव्यराज सुवेदीले छायाँकन गर्नेछन् । चलचित्रका निर्माता भने सम्झना पोखरेल र रोशनी बज्राचार्य हुन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु