आदित्यले पहिलो पटक गाए आधुनिक नेपाली गीत

म्यूजिक खबर
प्रकाशित: २५ जेष्ठ २०७४, बिहीबार

जेठ २५, काठमाडौं । गायक उदित नारायण झाका छोरा आदित्य नारायण झाले पहिलो पटक नेपाली आधुनिक गीत गाएका छन् । बलिवुड गीत संगीत र रियालिटी शोहरुमा व्यस्त आदित्यले मोनी शर्माका शब्दमा आवाज दिएका हुन् । ‘फूल जस्तै’ बोलको यस गीतको अडियो युट्युबमा सार्वजनिक गरिएको छ । यस गीतमा शिखर सन्तोषको संगीत रहेको छ ।

Aditya-narayan

आदित्यले यस अघि पनि नेपाली गीतमा आवाज दिएका छन् । तर आधुनिक गीतमा भने उनको यो पहिलो अनुभव हो । यस अघि उनले कुसुमे रुमालको शीर्ष गीतमा आवाज दिएका थिए । आदित्य हाल जि टि भिकोे रियालिटी शो सारेगम लिटिल च्याम्समा प्रस्तोताको रुपमा काम गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु