आमा बनिन् मोडल अन्जु निरौला

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७४, शनिबार

पुष १५, काठमाडौं । नेपाली मोडलिङ क्षेत्रकी चर्चित मोडल अन्जु निरौलालाई पुत्री लाभ भएको छ । १५०० भन्दा बढी गीतहरुमा अभिनय गरिसकेकी अन्जु हिजो अर्थात पुष १४ का दिन छोरीकी आमा बनेकी हुन् । अन्जुले चार बर्ष अघि सुनिल कार्कीसँग लगन गाठो कसेकी थिइन् ।

अहिले अन्जु र छोरी दुबैको स्वस्थ्य स्थिती ठिक रहेको र घरमा छोरीको आगमन भएसँगै परिवारमा खुशी मिलेको अन्जुले बताइन् । म्यूजिक खबरको तर्फबाट नेपालकी व्यस्त एवं सफल मोडल अन्जु र सुनिललाई आमा बुबा बन्न सफल भएकोमा हार्दिक बधाई ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु