आयुषले चुमे पतञ्जली सुरशाला आइडल

म्यूजिक खबर
प्रकाशित: ५ चैत्र २०७३, शनिबार

चैत ५, काठमाण्डौ । सुरशाला फाउण्डेशन र म्युजिक एकेडेमीको आयोजनामा भएको बाल गायन रियालिटी शो पतञ्जली सुरशाला आइडल जुनियरको उपाधि आयुष केसीले चुम्न सफल भए । मोडर्न स्कुल भक्तपुरमा अध्यनरत सिन्धुपाल्चोकका आयुसले पतञ्जलीको तर्फबाट रु ५१,००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ५०,००० सहित ३ लाख ५० हजार रुपैयाँ बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुस्कार जितेका छन् । त्यस्तै सीटिभी मोबाइलको तर्फबाट मोबाइल गिफ्ट हयाम्पर जितेका छन् ।

Pritam Acharya Ayusha KC AND Srajal Maharjana
यसैगरि ज्ञान निकेतनमा अध्यनरत काठमाडौंका स्रजल महर्जन युट्युबमा सबै भन्दा बढी दर्शक भोट पाएर “पब्लिक चोइस अवार्ड“ को बिजेता र टप ५ मा तेस्रो स्थान हाँसिल गरी पतंजलिको तर्फबाट रु ३१००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु २०,००० र १५,००० गरि जम्मा नगद रु ६६,००० सहित १ लाख ५० हजार रुपैया बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरस्कार जितेका छन् । त्यसैगरि सुनसरीका प्रितम आचार्य दोस्रो स्थान हासिल गरी पतञ्जलीको तर्फबाट रु ४१,००० र गिफ्ट ह्याम्पर, सुरशालाको तर्फबाट रु ३०, ००० गरि जम्मा ७१,००० नगद पुरस्कारका सहित २ लाख ५० हजार रुपैयाँ बराबर (गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति) को पुरस्कार जितेका छन् ।

Ayush KC and Srrajal Maharjan
त्यसैगरी चितवनका अदित्यराज ढकाल चौथो र पोखराकी ममता गुरुङ पाँचौं स्थानमा परि सुरशालाको तर्फबाट नगद रु १० र १० हजार, गीत, म्युजिक भिडियो र सुरशाला छात्रवृति र सीटीभी मोबाइलको तर्फबाट मोबाइल गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । साथमा रेबेल क्रियशनको तर्फबाट पतञ्जली सुरशाला आइडल जुनियर टप १० लाई नै गीति एल्बम र टप ५ लाई म्युजिक भिडियोको अवसर लोकप्रिय संगीतकार आलोक श्रीका तर्फबाट टप ७ लाई गीति एल्बमको अवसर पाउनेछन् ।

देशका विभिन्न स्थानहरुबाट ७ बर्ष देखि १६ वर्ष भित्रका १५ सयभंन्दा बढी प्रतिभाशाली बाल सहभागीहरुले अडिशन दिएका थिए र उनीहरु मध्यबाट टप १० हुँदै उत्कृष्ठ ५ को छनोट भएको थियो । रसियन कल्चर सेन्टरमा बरिष्ठ गायक प्रेम ध्वजको प्रधानको प्रमुख आतिथ्यमा टप ५ पतंजली सुरशाला आइडल जुनियरले जोडदार प्रस्तुति दिएका थिए । कार्यक्रममा बरिष्ठ गीतकार रत्नशमशेर थापा, गीतकार फिल्म निर्माता यादव खरेल, गीतकार राजेन्द्र थापा, बरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, महेश खड्का, गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, नरहरि प्रेमी तिलक बममल्ललगायत, विभिन्न क्षेत्रका बिशिष्ठ व्यक्तित्वहरुको उपस्थित थियो । यस कार्यक्रमका मुख्य निर्णायक गायक हेमत शर्मा, राज सिग्देल र जुना प्रसाईं थिए । अमन प्रधान, सुप्रिया मास्केका साथमा नरेश भट्टराईले कायक्रम संचालन गरेका थिए । पतञ्जली सुरशाला आइडल जुनियर कार्यक्रमका निर्देशक गायक गायक अमृत क्षेत्रीले सुरशाला आइडल जुनियर सम्पूर्ण टीमलाई धन्यबाद दिँदै सुरशाला फाउण्डेशन निरन्तर बालबालिकाहरुको प्रतिभाको खोजी गर्ने र उनीहरुलाई संगीतको ब्यबहारिक शिक्षा र अवसर प्रदान गर्ने बताए । पहिलो कार्यक्रमको अपार सफलतापछि सुरशाला आइडल जुनियर दोस्रो छिटै शुरु हुने घोषणा समेत गरेका थिए । कार्यक्रमको सम्पूर्ण ब्यवस्थापन सुरशालाबाट श्रीमती संगीता छेत्रीले गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु