आयुष्मान र सौगातले गरे क्लब उद्घाटन

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७३, आईतवार

गिजिनबुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल विश्वकै कान्छा निर्देशक सौगात बिष्ट र ‘चपली हाईट–२’का अभिनेता एवं मोडल आयुष्मान देशराज श्रेष्ठले राजधानीको दरबारमार्गमा संयुक्त रुपमा ‘क्लब उड्ल्याण्ड’ नाम दिइएको ढिस्को थेकको उद्घाटन गरेका छन् । शनिबार राति अबेर होटल उड्ल्याण्डमा यी दुईले क्लवको उद्घाटन गरेका हुन् । अभिनेता आयुष्मानसँगै ‘चपली हाईट–२’की अभिनेत्री परामिता राणा, निर्देशक दीपेन्द्र के खनाल, निर्माता अर्जुन कुमार, ‘लुट–२’का निर्माता एवं वितरक माधव वाग्लले संयुक्त रुपमा केक काटेर सो क्लबमा डिस्को थिएटको शुभारम्भ गरे । केक काट्न उनीहरुलाई अभिनेता नविन लम्साल, साईब्रत आचार्य, चलचित्र ‘हैरान’का निर्देशक सौगात बिष्ट, अभिनेता गजित बिष्ट, निर्देशक सुब्रत आचार्य लगायतले साथ दिएका थिए ।

New-Image2
कान्छ निर्देशक सौगात बिष्टले नृत्य स्वास्थ्यका लागि हितकर भएको बताउँदै क्लब गएर नाच्न सुझाब दिए । निर्देशक एवं सञ्चारकर्मी सुब्रत आचार्यले राजधानीबासीको जीवनशैली व्यस्त र तनावपूर्ण बन्दै गएकोमा यो ‘क्लब उड्ल्याण्ड’ले मनोरञ्जन दिँदै तनाव घटाउन सघाउने धारणा राखे । अभिनेता आयुष्मान देशराजले ‘क्लब उड्ल्याड’ सुविधा युक्त भएको बताए । उनले क्लबले रात्री जीवनलाई सुखद र मनोरञ्जन प्रधान तुल्याउँदै बताउँदै ‘क्लब उड्ल्याण्ड’ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । निर्माता अर्जुन कुमारले आफ्नो फिल्म ‘चपली हाईट–२’मा पनि क्लब प्रेमीहरुको कथा समेटिएको छ भने । निर्देशक दीपेन्द्र के खनालले आफ्नो चलचित्र भदौ ३ बाट प्रदर्शनमा आउने बताउँदै ‘क्लब उड्ल्याण्ड’ले क्लब संस्कृतिको विकाशसमा सघाउँदै दर्शकको मन जित्ने छ भने ।
‘क्लब उड्ल्याण्ड’का अध्यक्ष प्रेम श्रेष्ठले दरबारमार्ग क्लब हब बन्दै गएको बताए । नृत्यले स्वास्थ्यका लागि फाईदा पु¥याउने र मनोरञ्जन दिने बताउँदै क्लबप्रेमीहरुलाई मध्यनजर राखेर दरबारमार्गमा यो क्लब सुरु गरेको जानकारी गराए । क्लबका सञ्चालक सुनिल कुँवरले ‘क्लब उड्ल्याण्ड’मा अत्याधुनिक लाईट र साउड सिस्टम र ख्यातीप्राप्त डिजेहरुले सेवा रहेको बताए । । सेलिब्रेटीहरुलाई अतिथिका रुपमा निम्ता गरेर साप्ताहिक रुपमा विभिन्न प्रत्यक्ष कार्यक्रम पनि आयोजना गरिने उनले जानकारी गराए । ‘नाई नभन्नु ल–४’का अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माले पनि क्लबको प्रसँसा गरे । उद्घाटन पछि चलचित्रकर्मी, मोडल तथा क्वब प्रेमीहरुले मन खुलेर डान्स गरे ।
gg

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु