आयौ तिमी एकान्तमा अब म्युजिक भिडियोमा

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७१, बुधबार

नेपाली सुगम संगीतकी  लोकप्रिय गायिका रीमा गुरुङ होडाको स्वरमा रहेको कर्णप्रिय गजल “आयौ तिमी एकान्तमा, चलाएर गयौ …” को म्युजिक भिडियो  हालै युट्युव मार्फत सार्वजनिक गरिएको छ / ऋषि बस्ताकोटीको रचना र गैरे सुरेशको संगीत रहेको यो गजलको म्युजिक भिडियोमा सुरेश थापाले निर्देशन गरेका छन् भने देवीराम, रक्षा र प्यास्नाले अभिनय गरेका छन् / ऋषि बस्ताकोटीको गजल स्पर्श एल्बममा समेटिएको यो गजलको अडियो भने केही महिना अघि क्यनडामा एक समारोह बीच सार्वजनिक गरिएको थियो / हालै सार्वजनिक गरिएको म्युजिक भिडियो चाही  युट्युबको  यो लिंकमा (https://www.youtube.com/watch?v=fv3ashJVoOU ) गएर  हेर्न सकिने कुरा संबन्धित पक्षबाट थाहा भएको छ /

https://www.youtube.com/watch?v=fv3ashJVoOU

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु