आर्थिक अभावमै पिँढीमै थलिए गायक बुद्धिकृष्ण

म्यूजिक खबर
प्रकाशित: ३२ जेष्ठ २०७२, सोमबार

काठमाडौं । वरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछाने यतिबेला विरामी अवस्थामा पिँढीकै ढिल कुर्न बाध्य छन् । उच्च रक्तचाप र मधुमेहबाट दाहिने पाटो प्यारालाइसिस भएपछि पिँढीमा नै बसेर आफ्नो अतित सम्झिँदै दिन काट्ने गर्छन् अहिले । गायक बुद्धिकृष्ण लामिछानेको गीत “पिँढीमा बसेर मेरै बाटो हेरेर– मेरी आमा रुँदी हुन् मलाई सम्झेर” जति चर्चित बन्यो त्यसको वास्तविकता अहिले आफैंमाथि आइपरेको छ लामिछानेलाई ।

लामिछानेको शरीरको दाहिने भाग नचलेको चार वर्षदेखि नचल्ने अवस्थामा छ । प्यारालाइसिसबाट पिँढिको डिल कुरिरहेका बुद्धिकृष्णको आर्थिक अवस्थाका कारण उपचारमा कठिनाइ आएको बताइएको छ । उनको स्वास्थ्य समस्या दिनानुदिन जटिल बन्दै गएको छ । सामान्य उपचार गर्दै आएका लामिछाने अहिले अप्रेशन गर्न धेरै खर्च लाग्ने भएपछि दिन काट्ने र काल पर्खने क्रममा नै छन् । बिरामी परेको चार वर्षसम्म न त लोकदोहोरी क्षेत्रमा क्रियाशील कुनै संघसंस्थाले उनको उपचारमा सहयोग गर्न सकेको छ न त सरकारी निकायले नै ।

घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर, भिखारी भिखारी, पर्नु पिर पर्यो, तिम्रो र मेरो मायाको डोरो जस्ता दर्जनौं लोकगीत गाइसकेका गाएक बृद्धिकृष्णले तीन दशकभन्दा लामो समय गायनमै बिताए । तर उनलाई अझै पनि लोकगीत गाउने मन छ । बाँच्ने रहर मनमा धेरै साँचिरहेका गायक लामिछाने यतिखेर भुकम्पबाट घर भत्किएपछि अर्काको बारीमा बस्दै आएका छन् । अहिलेसम्म कुनै पनि गायक गायिकाले उनलाई नभेटेको बताउँदै लामिछानेले लोकदोहोरी क्षेत्रमा जीवन समर्पित गर्दा दाम नकमाएको गुनासो पोखे ।

budhhikrishna lamichhane
उनको स्वास्थ्य उपचारमा बाधा आइपरेको थाहा पाएपछि पहिलो पल्ट युकेमा बस्ने गीतकार सीता शेरचन र उनका श्रीमान यम शेरचनले सञ्चारकर्मी सरोज केसीको पहलमा उपचार खर्च वापत दश हजार रुपैयाँ प्रदान गरेका छन् । उक्त सहयोग रकमसँगै अभिनेता एवं संचारकर्मी सरोज केसी र अभिनेत्री कविता शर्माले केही राहत सामग्री पनि गायक लामिछानेलाई प्रदान गरेका छन् । जुन हेल्प नेपाल नेटवर्कले उपलब्ध गराएको हो । लामिछानेले सहयोग मिलेपछि खुशीले सहयोगी हातहरु लिएर उनको निवासमा पुगेका केसी र शर्मालाई धेरै धन्यवाद दिएका थिए भने सकीनसकी आफ्ना केही गीत सुनाएका थिए । लामिछानेले केही समय नेपाली सेना र रेडियो नेपालमा पनि जागिर गरे भने च्यानल नेपालमा पनि कार्यक्रम संचालन गरेका थिए । लोकदोहोरी क्षेत्रमा नाम कमाएका गायक लामिछाने भक्तपुरको तिल्कोट डाँडाको पुख्र्यौली थलोमा पिँढीको डिल कुरेर बस्न बाध्य भएका छन् ।

budhhikrishna

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु