काठमाण्डौ । नेपाली सिने उद्योगका लोकप्रिय नायक आर्यन सिग्देलले पैसाकै लागि किड्नी बेचेको खुलासा भएको छ । कसैलाई पढाउनका लागि सहयोगको अभिप्रायले उनले किड्नी बेचेका हुन् । आखिर चलचित्र क्षेत्रमा स्थापित भइसकेका नायक सिग्देलले पैसाको लागि किड्नी बेच्नु पर्ने अवस्था उनको रियल लाईफमा नभई रिल लाइफमा भएको हो ।
पछिल्लो समयमा सार्वजनिक भएको गाउँको कथामा आधारित चलचित्र ‘होक्से’मा आर्यनले किड्नी बेचेको दर्दनाक दृष्य समावेश गरिएको छ । सत्य घटनामा रहेर निर्माण गरिएको यो चलचित्रमा आर्यनले समेत नम्रतालाई पढाउनका लागि आफ्नै किड्नी बेचेको निकै दर्दनाक देखाइएको छ ।
चलचित्रमा पर्दामा निकै जमेका जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठले अभिनय गरेका छन् । म्युजीक भिडीयोमा जमेका निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेको चलचित्र ‘होक्से’मा विम्ब अधिकारीको कथा , शान थापाको पोस्टर , विदुर पाण्डेको छायांकन र प्रकाश तुलाधरको सम्पादन रहेको छ । चलचित्रलाई यसअघि बितेका पल निर्माण गरेका निर्माता क्रिस रिजाल बनाएका हुन् ।