आशालाग्दो प्रतिभा निखिता

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७३, शुक्रबार

nikhita11

काठमाण्डौ, पुष १ । निखिता थापा, नेपाली सुगम संगीतकी आशालाग्दो प्रतिभा हुन् । पछिल्लो समय उनको स्वरको तारिफ गर्नेहरु धेरै छन् । आफ्ना बाबुलाई पहिलो सांगीतिक गुरु मान्ने निखिताले बाबासँगै भारतमा रहँदा हिन्दूस्तानी क्लासिकल संगीतमा बिसारतसम्मको अध्ययन गरेकी छन् । गीतकार एवं संगीतकार आफ्ना बाबासँग उनले संगीतको पहिलो शिक्षा प्राप्त गरेकी हुन् । जतिबेला उनलाई स्टेजमा गाउनु पर्छ भन्दै गिटार सिकाउने काम बाबाबाट भएको थियो । गायनमा रुचि राख्ने उनले सानो उमेरदेखि नै क्लासिकल संगीतमा आफूलाई सक्रिय गराइन् । त्यसो त उनले तीन वर्षको उमेरदेखि गीत गाउन थालेकी हुन् ।

nikhita1

हिन्दी गीतमा पनि उनले आफ्नो स्वर दिएकी छिन् भने दर्जनौं नेपाली गीतहरु पनि गाइसकेकी छिन् । समधुर स्वरकी धनी गायिका निखिताले गाएको पहिलो नेपाली गीत भने थ्री लभर्स चलचित्रको ‘जति छन्…’ बोलको गीत नै हो । किशोर थापाको शब्द र राजन इशानको संगीतमा रहेको उक्त गीत गाइसकेपछि नेपाली सुगम संगीतमा पनि उनले ‘निखिता’ एल्बम नै बजारमा ल्याइन् । दिनेश अधिकारीको एकल शब्द र हरि लम्सालको एकल संगीतमा बजारमा आएको निखिताले नेपाली सुगम संगीतमा उनलाई स्थापित नै गराइदियो । उनलाई चिनाउने गीतका रुपमा आफ्नै एल्बमको सधैं सुन्न पाउँ बोलको गीत थियो । जसले इमेज अवार्ड पनि चुम्न सफल भएको थियो ।

हालसम्म ५० भन्दा माथि गीतमा स्वर दिइसकेकी गायिका निखिता थापाले आधा दर्जन चलचित्रको गीतमा पनि स्वर दिइसकेकी छिन् । थ्री लभर्स, लभ यू बाबा जस्ता चलचित्रमा उनले पाश्र्व गायन दिएकी छन् भने कारखाना, लभलभलभ चलचित्रमा पनि उनको पाश्र्व स्वर उनकै रहेको छ । यतिबेला आफ्नै कम्पोजिसनमा एल्बम निकाल्ने सोचमा रहेकी निखिता थापा नेपालमा आउँदाको सांगीतिक माहौलबारे अनविज्ञ थिइन् । उनलाई कहाँबाट सुरु गर्ने भन्नेमै द्विविधा थियो तर बुझ्दै जाँदा उनलाई निकै सहज पनि भयो ।

nikhita

आफूलाई निकै लक्की गायिकाको रुपमा लिन्छिन् उनी । उनले सुगमसंगीतमा एल्बम ‘निखिता’ बजारमा ल्याउने समयलाई नै अविश्मरणीय क्षणका रुपमा लिन्छिन् । वरिष्ठ गीतकार यादव खरेल, रत्नशमशेर थापा, संगीतकार शक्ति बल्लभ लगायतका अतिथिहरुका बीचमा एल्बमलाई सार्वजनिक गर्दा आफू निकै भाग्यमानी भएको आभास भएको उनी बताउँछिन् । हङकङमा दोस्रोपटक सांगीतिक भ्रमण गरिसकेकी गायिका थापाले भारतका विभिन्न ठाउँमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । अरुणा लामा, नारायण गोपालका गीतहरुलाई सबैभन्दा बढी रुचिपूर्वक सुन्ने गरेकी उनले युवपुस्तामा भने सत्य–स्वरुपको सांगीतिक पाटोलाई नजिकबाट हेर्ने गरेकी छन् ।

nikhita2

म्यूजिक खबर पाक्षिकबाट
तस्बिरः नविनबाबु गुरुङ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु