आशिकको ‘हेरन मायाले’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १० फाल्गुन २०७३, मंगलवार

फागुन १०, काठमाडौं । गायक आशिक प्रजापतिको शब्द तथा संगीतमा ‘हेरन मायाले’ बोलको पप गीत सार्वजनिक भएको छ । पछिल्लो समय निकै व्यस्त बन्दै आएका युवा गायक तथा संगीतकार प्रजापतिले करिब एक दर्जन गीतहरुमा आफ्नो स्वर दिईसकेका छन्, भने दुई दर्जनभन्दा बढी गीतहरुमा शब्द तथा संगीत भरिसकेका छन् ।

aashiq_prajapati 04
यतिबेला उनको शब्द तथा संगीत रहेको ‘हेरन मायाले’ बोलको पप गीत निकै चर्चित बनेको छ । उनको गीतमा गायक दिपक बिरही र गायिका निखिता थापाले स्वर भरेका छन् । जसलाई ब्रिजेस श्रेष्ठले मिठो संगीत संयोजन भरेका छन् ।


नेश स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतलाई नेश क्रियसनले म्युजिक भिडियो निर्माण गरेको हो । निर्देशक दिपेन्द्र रायमाझीको निर्देशनमा मोडल विवेक दराई र ममता तामाङको साथमा अन्य कलाकारले पनि नृत्य प्रस्तुत गरेका छन् ।
गीतलाई छायाँकन तथा सम्पादन गर्ने काम भने ओम प्रशाईले गरेका हुन् । उक्त गीत सङस् नेपाल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु