• आशुतोषको ब्ल्याक ब्युटी बनिन् एलिसा

    म्यूजिक खबर
    प्रकाशित: ९ माघ २०७६, बिहीबार ०१:४९

    आशुतोषको बनिन् एलिसा
    गायक सुभाष ढुंगानाको ब्ल्याक ब्युटी गीत सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियोमा रोहन नेपाली र एलिसा शर्माको अभिनय देख्न सकिन्छ । गीतलाई रामगोपाल आशुतोषले लेखेका हुन् भने संगीत हरी लम्सालको छ ।

    रोहन र एलिसालाई क्रेजी सर्कलले साथ दिएका छन् । गीतको छाँयाकन पोखराको सेरोफेरोमा गरिएको हो । गीतलाई रोहन नेपालीलेनै निर्देशन गरेका हुन् । सुभाष ढुंगानाको आफ्नै अफिसियल युट्युबबाट बाहिर आएको म्युजिक भिडियोको छाँयाकन मिलन शंकरले गरेका हुन् भने सम्पादन नेत्र गुरुङको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु