आस्का सिन्हा भइन् मिस वीरगन्ज

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७०, आईतवार

पर्सा । वीरगन्जमा पहिलोपटक आयोजना गरिएको ‘सालिमार मिस वीरगन्ज २०१३’ को उपाधि वीरगन्जकी आस्का सिन्हाले हात पार्न सफल भएकी छन् ।
नेप्शयुनले शनिबार राति वीरगन्जको स्वीमिङ्गपुल परिसरमा आयोजना गरेको ‘सालिमार मिस वीरगन्ज २०१३’ मा सहभागी १४ जना प्रत्यासीलाई पछाडि छाड्दै सिन्हाले उपाधी हात पारेकी हुन् ।
प्रतियोगितामा उपाधि विजेता सिन्हालाई वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं सालिमार गु्रपका अध्यक्ष अशोककुमार बैद्यले मिस वीरगजको ताज पहि¥याएका थिए । प्रतियोगितामा दोश्रो अनिता पौडेल र तृतीय श्वेता श्रेष्ठले हात पार्न सफल भएको आयोजकले जनाएका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले ताज लगाइदिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले यस्ता प्रतियोगिताहरुले युवा पुस्तालाई उनीहरुमा भएको प्रतिभाको प्रस्फूटन गर्न सहयोग पुग्ने बताउनुभयो । नेपालको पहिलो मिस नेपाल वीरगन्जकी रुवि राणा भएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु