आस्था र सुप्रिन्स एसएलसी नेशलन र एसएलसी नेपाल

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७३, शुक्रबार

बुधबार साँझ राजधानीमा सम्पन्न ‘तेस्रो मिस एसएलसी नेशलन–२०१६’ प्रतियोगिताको उपाधि आस्था थापाले जितेकी छिन् । उक्त प्रतियोगितामा उनले आफ्ना ४० प्रतिस्पर्धीलाई पछि पार्दै सो उपाधि जितेकी हुन् । प्रतियोगितामा आस्थाले मिस ट्यालेन्टको उपाधि पनि हात पारिन् । सो प्रतियोगितामा फस्ट रनर अप सहित ‘बेष्ट पर्सनालिटी’को उपाधि सृष्टी कुँवरले हाँसिल गरिन् । सेकेण्ड रनर अपको उपाधि भने नेहा गौतमले पाईन् ।

160617584dd6526a-eb3f-4666-86df-076695ccd1ef

सोही मञ्चमा भएको ‘तेस्रो मिस्टर एसएलसी नेपाल–२०१६’को उपाधि सुप्रिन्स श्रेष्ठले जिते । उनले मिस्ष्टर कन्जिनियालिटीको उपाधि पनि हाँसिल गरे । यस्तै फस्ट रनर अप सहित ‘म्यानेजमेन्ट च्वाईस’को उपाधि बिराज सिंह कार्कीले हाँसिल गरे भने सेकेण्ड रनर अपको उपाधि समीर गुरुङले प्राप्त गरे । युहान इन्टरनेशनल इभेन्टस्ले बुधबार साँझ राजधानीमा यी दुबै प्रतियोगिताको आयोजना एउटै मञ्चमा गरेको हो । मिष्टर एसएलसी नेपाल तर्फको ‘बेष्ट पर्सनालिटी’को उपाधि विवेक मानन्धरले, ‘मिस्टर फोटो जेनिक’को उपाधि बिराज बिष्टले, ‘पब्लिक च्वाईस’को उपाधि सुमन थापा क्षत्री र ‘मिस्टर ट्यालेन्ट एवं भिवर्स च्वाइस’को उपाधि सिमन उदयले प्राप्त गरे । मिस एसएलसी नेशनल तर्फको अन्य उपाधिमा तेनिषा महर्जन ‘बेष्ट स्किन’, सुजी महज ‘बेष्ट स्माईल’, प्रणिता श्रेष्ठ ‘मिस कन्फिडेन्ट’ बन्न सफल भए । ‘म्यानेजमेन्ट च्वाईस’को उपाधि मोनिका तामाङले, ‘फोटो जेनिक’को उपाधि सागरिका श्रेष्ठले, ‘बेष्ट वाक’को उपाधि रश्मी राई र ‘पब्लिक च्वाईस’को उपाधि आषिका योञ्जन लामाले हाँसिल गरे । दुबै प्रतियोगिताको निर्णायकमा अभिनेता हसन राजा खान, गायक निर्णय श्रेष्ठ, व्युटिसियन सुमित्रा रञ्जित, ‘मिस नेपाल कल्चर–२०१६’की बिजेता उरुसा जोशी लगायत थिए ।

16061758ae951c4c-7303-4f08-b8d5-d0d14ab172ae

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु