इखमानको परदेशीको दिन

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७२, आईतवार

काठमाडौं । गीतकार इखमान पुन मगरको परदेशीका दिन काठमाडौंमा सार्वजनिक गरिएको छ । बेलायतमा बस्दै आएका गीतकार पुनले परदेश छँदाका भोगाई र आफ्नो मातृभूमिको सम्झनामा कल्पिएका रचनालाई समावेश गर्दै परदेशीका दिन लिएर आएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गर्दै पुनले आफ्ना अनुभूति र भोगाईको संग्रह परदेशीको दिन लिएर आएको बताएका थिए । बेलायतमा कर्म गरी आफू जन्मेको ठाउँ गुनाम, रुकुमको श्री प्राथमिक विद्यालयको भौतिक पूर्वाधार र सोही ठाउँको बुद्ध मूर्ति निर्माणमा खर्च जुटाउनका लाागि एल्बम निकालेकोमा गीतकार इखमानले बताएका थिए ।
परदेशीको दिन एल्बमलाई संगीतज्ञ बुलु मुकारुङले समीक्षा गरेका थिए । परदेशमा रहेर आफ्नो माटोको सुगन्ध कोर्न सफल गीतकार इखमानको रचनाहरु सबल रहेको बताएका थिए । बेलायतमा कर्म गरी आफू जन्मेको ठाउँ गुनाम, रुकुमको श्री प्राथमिक विद्यालयको भौतिक पूर्वाधार र सोही ठाउँको बुद्ध मूर्ति निर्माणमा खर्च जुटाउनका लाागि एल्बम निकालेकोमा गीतकार इखमान पुनमगरको कार्य सफलताको कामना गर्दै मुकारुङले १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरे । शिक्षा क्षेत्रलाई मजबुद बनाए मात्र देश मजबुद बन्छ भन्दै मुकारुङले दुर्गममा रहेका विद्यार्थीको भविश्य उज्ज्वल बनाउन आफूले पनि केही सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

pardesiko deen music
त्यस्तै सङ्गीतकार सन्तोष श्रेष्ठले एल्बमको बारेमा बोल्दै रुकुममा जन्मिएका गीतकारहरूबाट अहिलेसम्म आधुनिक गीतिएल्बम नआएको हुँदा यो एल्बम नै पहिलो र ऐतिहासिक एल्बम भएको कुरा ब्यक्त गरेका थिए । त्यस्तै संगीतकार अविदले गीतकार इखमानका भोगाइले नेपालीपन र स्वदेशको सम्झनालाई परदेशीको दिन एल्बमका गीतले झझल्काइरहने बताएका थिए । कार्यक्रममा सुरप्रभा गीतसङ्गीतका अध्यक्ष गीतकार भावेश भुमरीको सभापतित्व रहेको थियो ।

tanka bahadur pandit
एल्बममा ८ गीत समावेश गरिएको छ । जसमा विदेशको भोगाइमा, रुकुम सिस्ने काखैमा, लेखिदिनु एउटा कथा, तिम्रो माया कल्पिएर, आँखा आँखा के जुधेथे, तिम्रो माया कल्पिएर, यो रात नै अन्त्य हो कि, जहाँ बसूँ म जस्ता गीत रहेका छन् । जुन गीतहरुलाई दिनेश सुब्बा, सन्तोष श्रेष्ठ, रोशनराज गुरुङ, बुलु मुकारुङ, अविदले संगीत भरेका छन् । स्वरुपराज आचार्य, कृष्णभक्त राई, बानिका प्रधान, रीमा गुरुङ होडा, कर्मग्याल्छेन बमजन, मिलन अमात्य, अन्जु पन्त, मनोजराज जस्ता चर्चित गायकगायिकाको आवाजमा उक्त गीतहरु स्वरबद्ध गरिएको छ ।
नोर्बु शेर्पा, विष्णु अधिकारी, बबीराज घतानी, कुमार थापा, सञ्वि बराइली र झलक संगीतम्को सङ्गीत संयोजन रहेको उक्त गीतहरुलाई सुरप्रभा गीतसंगीत प्रालिले बजार प्रबद्र्धन गरेका छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु