इतु र मनोजलाई नारायणगोपाल युवा संगीत पुरस्कार, नगेन र विष्णुलाई अरनिको युवा कला पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७४, शनिबार

१ पुष, काठमाडौं । राष्ट्रिय युवा सेवा कोषले यो वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार लोकप्रिय गायक मनोजराज शिवाकोटी र लोकप्रिय गायिका इतु जोजिजुलाई प्रदान गर्ने भएको छ ।

नारायणगोपाल युवा संगीत पुरस्कार छनोट समितिका अध्यक्ष प्राध्यापक दीपक जंगमको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले रु ५० हजार राशिको उक्त पुरस्कार मनोज र इतुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो।

त्यसैगरी राष्ट्रिय विभूति अरनिकोको स्मृतिमा कोषले स्थापना गरेको ‘अरनिको युवा कला पुरस्कार’ कास्कीका नगेन सिंह र इलामका विष्णुप्रसाद श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय पनि गरेको छ।

अरनिको युवा कला पुरस्कार छनोट समितिका अध्यक्ष ठाकुरप्रसाद मैनालीको अध्यक्षतामा शुक्रबार नै बसेको बैठकले रु ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो।

चालीस वर्ष ननाघेका युवा कलाकारलाई कोषले प्रत्येक वर्ष नगद र स्वर्णपदकसहित ती दुवै पुरस्कार प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु