ईश्वरले संगीत महोत्सव गर्ने

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७०, शनिबार

काठमाडौं,  २६ माघ । नेपाली साङगीतिक क्षेत्रको ब्याण्ड नमस्तेका ईश्वर गुरुङ संगीत महोत्सव गर्नका लागि नेपाल फर्किएका छन् । सन् १९८८ मा स्थापना भएको यो ब्याण्डले ‘जाउ“है पोखरा, चरी म¥यो सिसैको गोलीले’ जस्ता चर्चित गीत नेपाली दर्शक स्रोताहरुका लागी दिइसकेका छन् । सोही ब्याण्डका संस्थापक प्रमुख तथा ब्याण्डका गायक ईश्वर गुरुङ नमस्ते ब्याण्डको वर्षिकोत्सवमा सांगीतिक कन्सर्ट दिनका लागि नेपाल आएका हुन् ।
‘नमस्ते’ ब्याण्डले आफ्नो वार्षिकोत्सवको अवसरमा १९९४ बाट सुरुवात गरेको ‘महा शिवरात्री विश्व संगीत महोत्सव’ लाई निरन्तरता दिन पनि आफुले भव्य कन्र्सटको आयोजना गर्न लागेको ईश्वरले बताएका छन् । नमस्ते ब्याण्डको रहेक पा“च–पाच“ वर्षमा आयोजना गर्दै आएको ‘महा शिवरात्री विश्व संगीत महोत्सव’ यस भन्दा अगाडी सन् २००९ मा भव्य रुपमा सम्पन्न भएको थियो । यो वर्ष आयोजना गर्न लागेको साङगितिक कन्र्सट ब्याण्डको २५ औ बाषिर्कोत्सवको अवसरमा हुन लागेको हो ।
यस वर्È आयोजना हुने कन्र्सट काठमाडौ र पोखरामा पालैपालो हुनेछ । काठमाडौमा फागुन १५ गते भृकुटीमण्डपमा र पोखरामा फागुन १७ गते लगातार कन्र्सट हुने गायक ईश्वरले बताए । नमस्ते ब्याण्ड नेपाली कलाकार र जापानी कलाकारहरु पनि रहेकाले अहिले चाहि आफु मात्र कन्र्सटका लागि आएको बताउ“दै, ब्याण्डका अन्य कलाकारहरु चाहिँ २४ तारिक नेपाल आइपुग्ने ईश्वरले बताएका छन् ।
विभिन्न देशहरुका कलाकारहरु ‘महा शिवरात्री विश्व संगीत महोत्सव २०१४’का लागि आउने बताए । नेपाली साङगीतिक क्षेत्रका सम्पूर्ण किसिमका गीत संगीत सुन्न चाहनेहरुलाई लक्षित गरी कन्र्सटमा सबै विधाका कलाकारहरु कन्र्सटमा समेट्ने ईश्वरले बताए जस्तो लोक दोहोरी, आधुनिक, पप, पप आधुनिक, रक तथा नेपालमा प्रयोगमा आएका प्राय चलेका गीत संगीतलाई कन्र्सटमा प्रस्तुत गरिने गायक ईश्वरले बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु