उजनको तनाव

म्यूजिक खबर
प्रकाशित: ७ मंसिर २०७०, शुक्रबार

काठमाडौं । गायक उजन नेम्बाङ तेस्रो एल्बम ‘तनाब’ का साथ श्रोतामा आएका छन् । सन् २००८ मा ‘फ्रेन्डसिप’ नामक पप तथा आधाुनिक एल्बममार्फत श्रोतामाझ फ्रेन्डसिप गरेका उजनले त्यसपछि दोस्रो एल्बमका रुपमा ‘अन्तराल’ ल्याएका थिए । सो एलबमबाट निकै उत्साहित बनेका उजनले हालै ‘तनाब’ ल्याएका हुन् । उनी आफ्नो तेस्रो एल्बम ‘तनाब’ बाट पनि आशावादी छन् । उजन भन्छन्, ‘यो एलबमबाट श्रोताको माया एवं हौसला पाउँछ भन्नेमा म विश्वस्त छु ।’
अधिकांस गायक÷गायिकाले एल्बमको नाम आफूले मन परेको शब्दबाट छान्ने गर्छन् । तर उजनले एल्बमको नाम ‘तनाब’ राख्नुमा अर्कै कथा छ । ‘यो नाम सोचेर राखेको होइन’ उजनले भने, ‘काम गर्दै जाँदा आफै जुरेको हो ।’ उनका अनुसार ‘तनाब’ एल्बम तयार गर्दा निकै तनाब झेल्नुप¥यो । त्यसैले एलबमको नाम ‘तनाब’ रहन पुगेको हो । ‘दशैंको बेला थियो, सबै कार्यालयहरु बन्द हुन थालेका थिए’ उनले भने, ‘तर मलाई त्यतिखेरै म्युजिक भिडियो बनाउने र एल्बम सार्वजनिक चटारो थियो । अन्ततः तनाबका बाबजुद एल्बम तयार गरेँ । तानबमा काम गरेको हुँदा एलबमको नाम पनि ‘तनाब’ राखेको हुँ ।’
एल्बम ‘तनाब’ मा गौरादहको बजारैमा, मेरो आँशु झर्दा, माया गरेर आत्ममा राखेँ, डुब्दै छु म र रिङ्केबुङ्को राँगालाई जस्ता आधाुनिक एल्बम स्लोरक फ्लेभरका सात वटा गीत समावेश छन् । एल्बमका संग्रहित सात गीतमध्ये ‘गौरादहको बजारैमा’ र ‘रिङ्केबुङ्को राँगालाई’ रिमेक गरिएको हो ।
‘तनाब’ मा ताराप्रकाश लिम्बू, उजन नेम्बाङ, सिताराम ताजपुरिया, सुरेश राई, रोशन लामार सुनिल बर्देवाको संगीति रहेको छ भने सिताराम ताजपुरिया, उजन र शक्ति नेपालको शब्दरचना छ । ‘तनाब’ लाई श्रोतासम्म पु¥याउने जिम्मा ब्रिष म्युजिकले गरेको छ । उजन भन्छन्, ‘तनाब श्रोतामाझ बाँडेपछि अहिले आनन्द लागेको छ । अहिले तनाबकै प्रमोसनमा व्यस्त भएको छु ।’
झापा सुरुङ्गाका उजनको पहिलो एल्बम ‘फ्रेन्डसिप’ का गीत श्रोताले निकै रुचाएका थिए । उनका अनुसार विशेषगरी एल्बमको ‘सुविदारकी छोरी कान्छीलाई’ बोलको गीत श्रोताको मुखैमा झुण्डिएको थियो, त्योबेला । ‘फ्रेन्डसिप’ एल्बमबाट आफ्नो गायकी परिचय स्थापित गर्न सफल भएको उनको भनाइ छ । पहिलो एलबममा श्रोता तथा दर्शकबाट पाएको मायाले हौसिरएर २०६९ मा दोस्रो एल्बमका रुपमा ‘अन्तराल’ ल्याएको उजनले सुनाए । उनी सो एलबमबाट चर्चामा समेत आए । एल्बमको ‘रुवायो निष्ठूरी तिम्रो मायाले’ बोलको गीत हिजोआज पनि श्रोतामाझ लोकप्रिय छ । गजेन्द्र तालीको शब्द र ताराप्रकाश लिम्बूको संगीत रहेको उक्त गीतले नै उनलाई देश–विदेशका स्टेजमा उभ्याए ।
राष्ट्रिय नाचघरमा स्कलरसिप पाएर संगीतको अध्ययन गरेका उजन एक कुसल नृत्यकार पनि हुन् । उनले राष्ट्रिय नाचघरमै २०५८ मा नृत्य प्रशिक्षण लिएका थिए । तर, पछिल्लो समय गायन र संगीतप्रति बढी लगाव राख्न थालेको उजनले बताए । ‘अहिले त गायनमै फुलटाइमर छु’ दोस्रो एल्बम ल्याएको एक वर्ष नबित्दै तेस्रो ल्याएका उजनले भने, ‘संगीतलाई व्यवसायिक बनाउँने सोचले अगाडि बढेको छु ।’ अहिले ‘तनाब’ कै प्रमोसनका व्यस्त रहेका उजनलाई युरोप र दुबईको कार्यक्रमका लागि पनि तयारी गरिहेका छन् । यसअघि लेवनाम र साइप्रसमा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका उजनले भने, ‘युरोपका लागि पनि कुरा भइरहेको छ, तर त्यो भन्दा अगाडि दुबई जाँदैछु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु