उत्कृष्ट पाँचलाई प्रमाणपत्र बितरण

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७०, शुक्रबार
काठमाडौं,९ फागुन ।  राष्ट्रिय रापती म्यूजिक अवार्डको मनोनयनमा परेका स्रष्टाहरुलाई उत्कृष्ट पाँचको प्रमाणपत्र प्रदान गरिएको छ । आगामी फागुन ११ गते राजधानीको सभागृहमा हुन लागेको राष्ट्रिय रापती म्यूजिक अवार्ड २०७० मा उत्कृष्ट पाँचको मनोनयनमा परेका कलाकार एवं स्रष्टालाई उक्त प्रमाण पत्र बितरण गरिएको हो ।
मनोनयमा पर्न सफल भएका स्रष्टा एवं सिर्जनालाई रापती म्यूजिक अवार्डका संयोजक सन्तोष श्रेष्ठ, निर्णायक कमिटीका संयोजक पत्रकार शान्तिप्रिय, निर्णायक कमिटी सदस्य बुद्ध सायमी एवं रापती समाज काठमाडौंका अध्यक्ष एकराज आचार्यको हातबाट प्रदान गरिएको थियो । उक्त कार्यक्रममा गीतकार योगेन्द्रमणि दाहाल, देवन गिरी, संकल्प सुवेदी, गणेश चौलागाईं, संगीतकार राजु सिंह, अर्जुन पोखरेल, श्रीकृष्ण बममल्ल, गायिका मिलन अमात्य, दुर्गा परियार, सीमा शाह, गायक एवं गीतकार कस्तुप पन्त, एरेन्जर किशोर थापा, गायक सन्तोष अधिकारी, रेशम सापकोटा, नायक गजित विष्टलगायतका स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
रापती समाजको आयोजनामा हुने गरेको म्यूजिक अवार्डको यो तेस्रो संस्करण हो । यसभन्दाअघि रापती अञ्चलका कलाकार र सिर्जनालाई मात्र समावेश गरेर आयोजना गरिँदै आइएको यस अवार्डले यसपटकबाट राष्ट्रिय रुपमा अवार्ड आयोजना गरेको हो । उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल कलाकारबाट आगामी फागुन ११ गते आइतबारका दिन राष्ट्रिय सभागृहमा एक भव्य समारोहको आयोजना गरी उत्कृष्ट एकलाई अवार्ड प्रदान गरिने अवार्डका संयोजक सन्तोष श्रेष्ठले बताए ।

 rma4 rma3 rma1 rma2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु