उत्पादकको माग सम्बोधन नभए अनसन बस्छुः रेग्मी, रेग्मीजी आफ्नै खुट्टामा बन्चरो हान्दै हुनुहुन्छ : ढकाल

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७४, मंगलवार

२७ चैत, काठमाडौं । संगीत उत्पादक समाज नेपालको गत २३ गते सम्पन्न भएको तेस्रो साधरणसभाबाट एक पक्ष विजयी भइसकेको छ भने अर्को पक्ष विरोध, धर्नाका कार्यक्रम गर्दै आइरहेको छ । एकातिर विजयी हुने अध्यक्ष निर्मल ढकालको समूह वैधानिक होइन भन्दै अध्यक्षका प्रत्यासी रहेका विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मी भनिरहेका छन् भने अर्कोतिर विजयी अध्यक्ष ढकाल रेग्मीजी आफ्नै खुट्टामा बन्चरो हानिरहेको बताएका छन् । स्रष्टाकै हक अधिकारका लागि लड्छु भनेर अध्यक्षको प्रत्यासी भएका सुवासजी हारेपछि भने रोयल्टीको अभियानलाई बिथोल्छु भन्नु बल्ल बल्ल संगीत क्षेत्रले पाएको सफलतालाई भत्काउने दुश्सप्रयास गर्नु हो, ढकालले भन्दै आएका छन् ।
समाजका अध्यक्ष ढकालले भने– फर्जी मत खसेको भन्ने निराधार आरोप हो । दिउँसोभरि रेग्मीजीका एजेन्टले फर्जी पहिचान गरिसकेपछि पनि किन भोट हाल्न दिनुभयो उहाँहरुमाथि नै शंका छ, आफ्नो पक्षमा रिजल्ट नआउने भन्ने भएपछि यो आरोप लगाइएको हो । उहाँहरुकै नियत खराब छ ।

निर्मल ढकालसँगको कुराकानीः

 

चुनाव बहिष्कार गरेर आन्दोलनमा उत्रिएको रेग्मी समूह भने कहिले प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालय धाउने कहिले उत्पादक समाजको कार्यालय अगाडि जुलुस निकाल्ने काम गरिरहेका छन् ।
आन्दोलनका संयोजक रेग्मीले भने– पुनःनिर्वाचन भएन भने त्यसमा पनि खोट छ । उत्पादकहरुको आन्दोलनको मागलाई सम्बोधन भएन म आमरण अनसन बस्छु । सिएमओभित्रको संस्थामा यस्तो भइरहँदा दुईवटा संस्थालाई पनि नैतिक संकट खडा भएको छ ।
सुवास रेग्मीसँगको कुराकानीः

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु