उदयपुर फिल्म अवार्ड हुने

म्यूजिक खबर
प्रकाशित: १८ जेष्ठ २०७१, आईतवार

काठमाडौं । पच्छिल्लो समयमा अवार्ड गर्नेहरुको बाढी नै आएको छ । प्रायः अवार्डहरु काठमाडौंमा अर्थात देशको राजधानी केन्द्रमा नै हुने गरेका छन् । यस परमपरा लाई अर्थात क्रमभङ्ग गर्दै मोफसलमा पनि चलचित्र अवार्ड हुने भएको छ । उदयपुर जिल्लाका केही गरौ भन्ने भावना लिएका युवाहरुले उदयपुर फिल्म अवार्ड गर्न लागेका हुन । सो को जानकारी काठमाडौमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ ।

सगरमाथा अञ्चलको द्वारको रुपमा चिनिन्छ । ९ वटा जिल्लासँग सीमाना जोडिएको यस जिल्लामा शैक्षिक, ऐतिहासिक, धार्मिक पर्यटनको सम्भावना रहेको छ । उदयपुर जिल्लामा विगत लामो समयदेखि चलचित्रको निमार्ण कार्य समेत हुँदै आएको हुँदा यस क्षेत्रको विकास र प्रवद्र्धनकालागि चलचित्र पर्यटन, नयाँ–नयाँ व्यावसायीक उत्पादनको बजारीकरण समेत गर्ने हेतुले ‘उदयपुर फिल्म अवार्ड’ यही जेठको २७, २८, २९ गते उत्सवको रुपमा मनाउन लागिएको आयोजक मध्येका एक राजु सुन्दासले बताए ।
उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा हुन लागेको यस अवार्डको मुख्य उद्देश्य नेपाली चलचित्र पर्यटनको प्रवद्र्धन गर्ने, नेपाली चलचित्रको गुणस्तर वृद्धिका लागि प्रोत्साहन गर्ने, स्थानिय तथा राष्ट्रिय स्तरका उत्पादित बस्तुहरुको प्रचार–प्रसार तथा विक्रि वितरण कार्यमा सहभागी गराउने हो ।
यस अवार्डमा २०७० साल भित्र नेपाल भरि प्रर्दशन भएका ९७ वटा फिल्महरुबाट ५ उत्कृष्ट फिल्महरुको चयन गरि ति फिल्महरुको बीचमा उत्कष्ट फिल्म अवार्ड, उत्कृष्ट निर्देशक अवार्ड, उत्कृष्ट कथा, उत्कृष्ट नायक, उत्कृष्ट नायिका, उत्कृष्ट छाँयाकार, उत्कृष्ट नव–नायक, उत्कृष्ट नव–नायिका, उत्कृष्ट चलचित्र अभिनेता, उत्कृष्ट चलचित्र अभिनेत्रि, उत्कृष्ट श्रृगार गरि ११ वटा विधामा अवार्डहरु वितरण गरिने छ ।

DSC07305
स्थानीय साँस्कृतिक झलकहरु, स्थानीय खानाको परिकार प्रर्दशनी, स्थानीय घरेलु तयारी बस्तुहरु प्रर्दशनी, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुद्वारा बृहत साँस्कृतिक कार्यक्रमहरु रहने यस अवार्ड कार्यक्रममा कार्यक्रम प्रायोजक, सह–प्रायोजक गर्ने संस्था÷कम्पनीहरुलाई विशेष सममानको कार्यक्रम समेत रहेको छ । विभिन्न एफ. एम. रेडियोहरु र टीभी फिल्मीबाट प्रत्यक्ष प्रसारणको ब्यस्था मिलाइएको र विभिन्न दैनिक, साप्ताहिक र म्याग्जिन छापा सञ्चार मिडिया पाटनर रहेको यस अवार्डमा जेठ २७ गते विशिष्ट अतिथिहरुद्वारा कार्यक्रम उद्घाटन, २८ गते सेलेक्टेड चलचित्रहरुको वृहत प्रर्दशनी र २९ गते बृहत साँस्कृति कार्यक्रम सहित पुरस्कार वितरण कार्यक्रम रहेको छ ।
मुख्य अतिथि चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको आतिथ्यमा भएको उक्त कार्यक्रममा मिलाप मासिकका सम्पादक कृष्णप्रसाद भुसाल, अभिनेता विशाल विष्ट, राजु खड्का, हल व्यवसायी विजय खड्का लगायतकाले अवार्डका बारेमा बोलेका थिए । उक्त अर्वाडलाई शिसेक उदयपुर, गाईघाट युवा समूह, दपर्न शान्ति सेवा समाज उदयपुर, हेटौंडा यूवा समूह, युवा सञ्जाल नेपाल इटहरीले समन्वय गरेका छन भने लेक वेशी बचत तथा ऋण सहकारी लिमिटेड सर्पोटिङ संस्था रहेका छन् ।
पहिलो पल्ट उदयपुरमा हुन लागेको यस वृहत साँस्कृतिक कार्यक्रम सहितको अवार्ड कार्यक्रममा सवै क्षेत्र, तह र तप्काहरुको सहयोगको अपेक्षा राखेको छ । रौता दर्शन फिल्मस्, उदयपुर आयोजक रहेको बताइएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु