उदय र आचार्यको अधकट्टि बन्दै

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७०, शुक्रबार

काठमाडौं । चलचित्र निर्माता प्रदीपकुमार उदयको निर्माण र पत्रकार सुब्रत आचार्यको निर्देशनमा बन्ने भनिएको चलचित्र अधकट्टीले औपचारिक रुपमा कार्यक्रमको आयोजना गरी छायाँकनमा जाने बताएको छ । प्रिपोडक्सनमा छँदादेखि नै चर्चा बन्दै आएको चलचित्र अधकट्टीबाट पत्रकार सुव्रत आचार्य निर्देशनमा डेब्यू गर्दैछन् । आगामी फागुन २९ गतेबाट छायाँकनमा जाने बताइएको यस चलचित्रलाई काडमाडौं र चितवन गरी ३५ दिनमा सुटिङ प्याकअप गर्ने निर्देशक आचार्यले जानकारी दिए ।
साप्ताहिक सम्पादक सुवास ढकालको कथामा निर्देशक आचार्य, अर्का सञ्चारकर्मी विजय अधिकारी र जया शर्माको पटकथा तथा संवाद रहेको यो फिल्म कमेडी जनराको रहने कार्यक्रममा जनाइएको छ ।
अधकट्टी’ मा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेतको मुख्य भूमिका रहनेछ । यस चलचित्रमा नव प्रस्तुतीको रुपमा प्रदीप बा“स्तोलाको मुख्य भूमिका रहनेछ भने अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता गजित बिष्टले फिल्ममा विशेÈ भूमिका निभाउ“दैछन् । फिल्ममा राजन इशान र बसन्त सापकोटाको संगीत तथा कविराज गहतराज र गम्भिर बिष्टको नृत्य निर्देशन रहनेछ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मलाई हरी घलले छाया“कन गर्दैछन् । फिल्मलाई चैतन्य बराल र नरेश पाण्डेले लगानीमा सहयोग गर्दैछन् ।

adhkatti

 

Pradip-Shubhash

 

nepali-movie-adhakatti

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु