उदितलाई फेरि ‘पद्मभुषण’ अवार्ड

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७२, बुधबार

उदितनारायण झा नेपाली र भारतीयहरुको मन मुटुमा बस्न सफल नाम हो । २०२७ सालमा रेडियो नेपालबाट आफ्नो सांगीतिक यात्राको शुरुवात गरेका झाले नेपाली संगीत क्षेत्र र भारतीय संगीत क्षेत्रका लागि निरन्तर खटिंदै आएका छन् । नेपाली चलचित्र ‘कुसुमे रुमाल’ र ‘पिरती’ नायकको भूमिका निभाएका झा रेडियो नेपालको आठ वर्षे सांगीतिक अनुभव पश्चात बलिउड प्रवेश गरेका झा आज सांगीतिक धरातलमा एक नक्षत्र नै हुन् । संगीत क्षेत्रमा उनले दिएको योगदान वापत उनलाई नेपाल र भारतबाट राष्ट्रिय स्तरका थुप्रै मान, सम्मान तथा अवार्डहरु प्रदान गरिएको छ । प्रत्येक दिन आफ्नो क्रेज बढाइरहेका झाले पाएको अवार्डको सुचि पनि लामो हुँदै गएको छ । पछिल्लो समयमा उनले भारत सरकारको तर्फबाट प्रदान गरिने राष्ट्रिय अवार्ड ‘पद्मभुषण’ प्राप्त गरेका छन् । उनले ४० वर्षको मेहनत र संघर्ष पश्तात यो दिन आउनुमा भगवानको कृपा रहेको र आफू हर्ष विभोर भएको बताए ।

udit-narayan
२०२७ सालमा हिन्दी फिल्म ‘उन्निस बिस’ मा प्लेव्याक सिंगर भएर काम गरेपछि उनको चिनारी नै बलिउडमा प्लेव्याक सिंगरको रुपमा स्थापित भएका झाले यहि क्षेत्रबाट ‘पद्मभुषण’ अवार्ड प्राप्त गरेका हुन् । बलिउडमा संगीत क्षेत्रमा होमिए यता कहिल्यै फुर्सदमा बस्न नपाएका झाले ‘पद्मभुषण’े अवार्ड दोश्रो पटक पाएका हुन् । सात वर्ष अघि नै २००९ मा पनि ‘पद्मभुषण’ अवार्ड हातमा पारिसकेका उनले उनले आफू भाग्यमानी भएको बताएका थिए । विभिन्न भजन संगम, भजन बाटिका, गीत संगीत, तथा गीति एल्बम मार्फत अझै पनि नेपाली संगीत क्षेत्रमा सक्रिय रहेका झा आफू नेपाली र भारतीयको मायाले सफल भएको बताउँछन् ।

uditnarayan
उदितनारायणको साथै ‘पद्मभुषण’ बाट अनुपम खेर, सायना नेहवाल र सानिया मिर्जालाई पनि सम्मानि गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु