उदित , सेलिना र सन्तोषको ‘दिल रानी’ हिट हुँदै !

म्यूजिक खबर
प्रकाशित: १३ फाल्गुन २०७४, आईतवार

फागुन १३, काठमाडौं । नेपाली सिनेमाको गीतमा पार्सब गायनमा पहिलो कोसिसबाट नै निकै राम्रो सफलता हासिल गरेकी गायिका सेलिना कुँवरको आवाज अहिले हिट छ । प्रदर्शनको क्रममा रहेको सिनेमा ‘नेप्टे’ को ‘दिल रानी…’ बाट नेपाली सिनेमाको पार्सब गायनमा डेब्यु गरेकी गायिका सेलिना कुँवरको आधुनिक गीत भने दर्जनौ बजारमा आईसकेको छ । संगीतकार सन्तोष राजको संगीत र गायक उदित नारायण झा संगको उनको स्वोर अहिले बजारमा हिट छ ।

सेलिना संगै गायक उदित नारायण झालाई संगीतकार सन्तोष राजले पुन नेपाली सिनेमाको सांगीतिक आकासमा फर्काउन सफल भएका छन् । गत केहि दिन अघि सार्वजनिक भएको भएको ‘दिल रानी’ बोलको गीत २४ घण्टा बित्न नपाउंदै डेढ लाख भन्दा बढी पटक हेरिसकिएको छ । त्यस्तै सिनेमाको सार्वजनिक गीत ‘दिल रानी’ को छोटो समयामा थुप्रैले कभर भिडियो पनि बनाईएको सामाजिक संजालमा पाईएको छ ।

निर्देशक देब कुमार श्रेष्ठको निर्देशनमा बनेको सिनेमा लाई रोहित रुम्बाले निर्माण गरेका हुन् । गीत् सार्वजनिक गर्ने समयमा नायक तथा निर्माता रोहित रुम्बा भनेको यतिखेर भारतमा छन् । एफ टि टि आई को आयोजनामा एक महिने बिसेस अभिनय तालिमको लागी रोहित अन्य १९ जना नेपाली कलाकारहरु संग भारतमा रहेका छन् । नायाक तथा निर्माता रोहित रुम्बा रा नायिका छुल्ठिम गुरुङ लाई फिचर गरिएको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । निकै राम्रो डान्सको प्रस्तुति रहेको गीत भिडियो सगै अडियो पनि राम्रो रहेको प्रतिक्रिया युटुबमा आएको छ ।

चैत ३० गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्मको गीतमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ । गीतमा यमनाथ मैनालीको शब्द रहेको छ ।
वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद फिल्ममा रहेको छ ।

दिल रानीको अफिसल भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु