उद्योग वाणिज्यको निर्वाचनमा विष्टको विजयी

म्यूजिक खबर
प्रकाशित: २७ बैशाख २०७२, आईतवार

सुर्खेत । गीतकार हरि विष्टले सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा अत्याधिक मतले विजयी हासिल गरेका छन् । लोकतान्त्रिक समूहबाट सदस्यमा उम्मेदवारी दिएका विष्टले १०२८ मत ल्याएर चौंथो स्थान हासिल गरेका हुन् । मिलिलियम मल्टि सिस्टम कम्पनीबाट आफूलाई संघको सदस्यमा उम्मेदवारी दिएका विष्टले संयुक्त प्यानलका उम्मेदवारहरुलाई हराउँदै भारी मतले विजयी भएका हुन् । सुर्खेतमा सामसुङ मोबाइलको डिलर संचालन गर्दै आएका विष्टले उद्योग वाणिज्य संघको निर्वाचनमा विजयी भएपछि संघलाई चुस्त दुरुस्त बनाउँदै विकासको गतिमा अगाडि लैजाने प्रतिबद्धता जाहेर गरेका छन् ।

hari bista1 hari bista

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु